सहरी खानेपानीका इन्जिनियर `निजामती सेवा पुरस्कार´बाट सम्मानित

  वास खबर सम्वाददाता  1126 पटक हेरिएको
🔗
211
Shares

काठमाडौ : निजामती सेवा दिवसको अवसरमा शहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय पानीपोखरीमा कार्यरत इन्जिनियर किशोर पन्थी `निजामती सेवा पुरस्कार´बाट पुरस्कृत हुनु भएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रबाट पुरस्कृत उहाँ मात्र एक्लो निजामती कर्मचारी हुनुहुन्छ ।

उहाँ सहित ३० जना निजामती कर्मचारीलाई ५० हजार रुपैयाँ राशी पुरस्कार प्रदान गर्ने मन्त्रीपरिषदले निर्णय गरेको हो ।

सरकारले दिवसको अवसरमा एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई प्रदान गर्नेछ।

यी हुन् उत्कृष्ट पुरस्कार पाउने कर्मचारी 

एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल हुनुहुन्छ ।

सरकारले यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गर्न सकेको छैन।

बिस्तृतमा हेर्नुहोस पुरस्कृत भएका निजामती कर्मचारीहरु :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार