
काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विभिन्न बिषयगत क्षेत्रमा गरिने कार्यक्रमहरुलाई समेटेर २० बुँदे घोषणा पत्र जारी गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन सकिएको छ ।
खानेपानी मन्त्रालयका सचिव राम आधार साहको उपस्थितिमा सरकारको तर्फबाट खानेपानी मन्त्रालयका सह सचिव तिरेस प्रसाद खत्री, विकास साझेदारहरुको तर्फबाट एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर Arnaud M. Cauchois र युनिसेफकी प्रतिनिधी एलिस अकुंगाले घोषणा पत्रमा हस्ताक्षर गर्नुभयो ।

घोषणापत्रमा गाउँपालिका महासंघ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट भने हस्ताक्षर गर्न बाँकी छ ।
हेर्नुहोस् घोषणा पत्र :



2783 पटक हेरिएको 

