खानेपानीको मूल जोगाउने रैथाने तरिका

  वास खबर सम्वाददाता  560 पटक हेरिएको

धनकुटा : धनकुटा नगरपालिका हुँदै भोजपुर जाने सडकको धनकुटा – हिले सडक खण्डको दायाँ पट्टि डाँडैमा छ एउटा पोखरी । यो पोखरी धनकुटा बजारमा रहेको गौंडा दरबार हुँदासम्म दरबारमा लैजाने पानीको इन्टेक थियो रे ।

सुकेपोखरी संरक्षण एवं संबर्द्वन समिति धनकुटाका अध्यक्ष कृष्ण मल्ल ठकुरीका अनुुसार यही पोखरीको पानी धनकुटाको गौंडा दरबारका तत्कालीन राजपरिवारले पिउथे गर्थे । जब दरबारमा राज परिवार बस्न छाडे पोखरी पनि सुक्दै गयो अनि नाम रह्यो ‘सुके पोखरी ।’

‘पहिले धनकुटामा गौडा दरबार हुँदाको इन्टेक रहेछ, यो पोखरी । उत्तरपानीबाट पानी लिएर जम्मा गर्ने, त्यसपछि जंगलभन्दा तलतिर रहेको चुनाले पोखरीमा जम्मा हुने अनि त्यसपछि कागतेमा जम्मा हुने र सल्लेरी भन्दा माथिको गौंडा दरबारमा लगेर पानी पिउने ठाउँ रहेछ’ अध्यक्ष मल्ल भन्नुहुन्छ ।

तर अहिले स्थानीय बासिन्दाले सुकेपोखरीको संरक्षण गर्न थालेका छन् । पोखरी संरक्षण गर्दा त्यसभन्दा तलतिरको भेगमा रहेका खानेपानी मुहानहरुमा समेत बाह्रै महिना पानी आईरहने भएकाले पोखरी संरक्षणमा जुटेका छन् ।

सुकेपोखरी संरक्षण एवं संबर्द्वन समिति धनकुटाका अध्यक्ष कृष्ण मल्ल ठकुरी भन्नुहुन्छ ‘पानीको विकल्प पानी मात्र हो ।’ अध्यक्ष ठकुरीले खानेपानीको मूल जोगाउन विभिन्न रैथाने विधिहरु समेत बताउनुहुन्छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार