
काठमाडौ : कुनै पनि स्रोतको पानी पिउन योग्य हो वा होइन भन्ने कुरा परिक्षण नगरी पत्ता लगाउन सकिदैन । पानी परिक्षणको कामले पानीमा भएका प्रदुषणहरु पत्ता लगाउन मद्दत गर्छ । यसैको आधारमा शुद्धिकरणका विधिहरु अपनाई पानीलाई पिउन योग्य बनाईन्छ ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले समेत सबै सेवा प्रदायकले १९ वटा पारामितिहरु अनिवार्य एक पटक परिक्षण गरी आधार तथ्याङ्क तयार गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले यस्तो नीतिगत व्यवस्था गरे पनि स्थानीय स्तरमै खानेपानी परिक्षण गर्ने सुविधा नहुँदा सबै खानेपानी सेवा प्रदायकले परिक्षण गर्न सक्छन् नै भन्ने अवस्था छैन ।
यिनै अवस्थालाई ध्यानमा राखी हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले स्थानीय स्तरमै खानेपानीको परिक्षण गर्न हरेक पालिकामा एउटा मिनी ल्याब अनिवार्य स्थापना गर्नुपर्छ भन्ने ध्येयका साथ काम गरिरहेको छ ।

यसका लागि हेल्भेटास नेपालले सम्बन्धित स्थानीय तह र साझेदार संस्थाको सहकार्यमा सम्बन्धित खानेपानी उपभोक्ता समितिका सदस्य एवं कर्मचारीको क्षमता अभिवृद्धि गराई उपभोक्ता समितिलाई नै मिनी ल्याब सञ्चालनको जिम्मेवारी दिईदै आएको छ ।
उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरेपछि समिति आफैले मिनी ल्याब सञ्चालन गर्न सक्ने भएका छन् । स्थानीय स्तरमै स्थापना भएका मिनी ल्याबले अन्य खानेपानी उपभोक्ता समितिलाई समेत सेवा प्रदान गरिरहेका छन् ।
खानेपानीको परिक्षण कसरी गर्ने ? परिक्षण गर्ने व्यक्तिले के के कुरामा ध्यान दिनुपर्छ ? पानी परिक्षण गर्ने तरिकाका बारेमा प्रदर्शन गरेर देखाउँदै हुनुहुन्छ सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. ९, चौरासेमा रहेको साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक हरि चालिसे :


1539 पटक हेरिएको 

