
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका स्थित छिन्चु बजार भन्दा पछाडि पट्टि लहरै बायोस्याण्ड फिल्टरहरु राखिएका छन् । ती मध्ये कतिपय उपभोक्ताको घरसम्म पुर्याउनका लागि तयारी अवस्थामा छन् भने कुनै भर्खरै उत्पादन गरिएका छन् ।
छिन्चुकै पवित्रा खरेल कठायतले बायोस्याण्ड फिल्टरलाई व्यवसायिकता दिन थाल्नु भएको हो । सुरु सुरुमा बर्दिया लगायत जिल्लाबाट खरिद गरी ग्राहकसम्म पुर्याउँदै आउनुभएकी पवित्राले तीन बर्ष यता आफ्नै उद्योगबाट उत्पादन गरिरहनु भएको छ ।
सुरक्षित पानीको महत्वबारे जनस्तरमा सचेतना फैलिएसँगै बायोस्याण्ड फिल्टरको माग पनि बढ्न थालेको उहाँको अनुभव छ । बायोस्याण्ड फिल्टरको प्रबर्द्वनका लागि उहाँले नजिकैका नगरपालिकाहरुसँग समेत सहकार्य गर्न थाल्नु भएको छ ।
पवित्रा कठायत प्रोप्राइटर रहेको जनता उद्योग प्रा.लि. मा बायोस्याण्ड फिल्टरसँगै भूकम्प प्रतिरोधी घर निर्माणका लागि आवश्यक ब्लकहरु पनि त्यही उत्पादन हुन्छन् । यसका लागि कम्पनीले १८ जनालाई खटाईएको छ । ती मध्ये दुई जना बायोस्याण्ड फिल्टर निर्माणका लागि निपूण छन्।
बायोस्याण्ड फिल्टरको माग बृद्धि हुँदै गएपछि पवित्रा निक्कै उत्साहित हुनु भएको छ । उहाँ भन्नुहुन्छ ‘अब म रोकिनेवाला छैन।’
हामीले जनता उद्योग प्रा.लि.की प्रोप्राइटर पवित्रा खरेल कठायत सँग बायोस्याण्ड फिल्टर उत्पादन, बजारीकरण, यसको विशेषता र सम्भावनाका बिषयमा कुराकानी गरेका छौ।
हेर्नुहोस् यो भिडियो :


574 पटक हेरिएको 

