काँकरभिट्टा दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिजाइनमै कमजोरी, पुनः डिजाइन गरी निर्माण गर्नुपर्ने (भिडियो)

  वास खबर सम्बादाता  1061 पटक हेरिएको
🔗
134
Shares

झापा : झापाको मेचीनगर नगरपालिकाको वडा नं. ७ मा बनेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको डिजाइन नै फेरबदल गरी पुनः निर्माण गर्नुपर्ने भएको छ । मलमूत्र व्यवस्थापन केन्द्रमा रहेको बायोग्यासको संरचनाले काम नगरेपछि यसको पुनः निर्माण गर्नुपर्ने काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो ।

‘मानव मलमूत्रबाट निस्किनु पर्ने बायोग्यास पहिले नै निस्किसकेको हुन्छ । बर्षौपछि सेप्टिक ट्याङ्क भरिएर खाली गरिने भएकाले बायोग्यास उतै खेर गईसक्छ’ अध्यक्ष पराजुलीले भन्नुभयो ‘त्यसैले यो बायोग्यासको संरचना फेरबदल गर्नैपर्छ, यो कुरा मैले त्यसबेला नै भनेको हुँ ।’

दातृ निकाय एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण लगानी र मेचीनगर नगरपालिकाको १५ प्रतिशत गरी कुल ६ करोड ७४ लाख ६० हजार ३ सय ७ रुपैयाँ लागतमा मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण गरिएको हो।

मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको अवस्थिति, निर्माण भएका संरचना र त्यसको उपयोगिताबारे जानकारी हासिल गर्न हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार