सडकमा कुकुरलाई शौच गराउँदै हुनुहुन्छ ? कुकुर सँगै महानगरको गाडीमा कोच्नु होला नि ?

  वास खबर सम्वाददाता  475 पटक हेरिएको


काठमाडौ : घरमा कुकुर पाल्नु भएको छ र बिहान बेलुकी सार्वजनिक स्थानमा डुलाएर दिसापिसाब गराउँदै हुनुहुन्छ भने तपाईलाई ठूलो दशाले घेरिरहेको हुन सक्छ। किनकि कुकुर तथा विरालोलाई सार्वजनिक स्थानमा शौच गराउने विरुद्ध काठमाडौ महानगरपालिकाले कडा कदम चाल्न थालेको छ ।

सडकमा कुकुर डुलाउँदै गरेको देखेमा महानगरपालिकाले उक्त व्यक्ति र कुकुरलाई सँगै भ्यानमा कोचेर महागरपालिका पुर्‍याउँछन् र ५ हजार जरिवाना तिराएर मात्र छाड्ने गरिएको छ ।

घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराई रहनु पर्दैन, डुलाएको मात्र भेटियो भने पनि तपाई महानगर प्रहरी बलको फन्दा पर्‍यो भनेर बुझ्नु भए हुन्छ ।

काठमाडौँ महानगरपालिका कुकुर र बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधि बमोजिम जरिवाना तिराउन थालेको काठमाडौ महानगरपालिकाले जनाएको छ । यस्तो कुरा थाहा पाउँदा पाउँदै अब पनि कुकुरलाई सडक किनारामा डुलाउने, दिसापिसाब गराउने गर्नु भयो भने तपाईको ठूलो मुर्खता हुनेछ ।

कार्यविधिले घरपालुवा कुकुर बिरालोलाई दर्ता गराउनु पर्ने, तिनीहरुको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने व्यवस्था गरेको छ ।

कार्यविधिले महानगरपालिका क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा रूपमा छोड्न रोक लगाएको छ । घरपालुवा कुकुर बिरालालाई शौच गराउने व्यवस्था पाल्ने व्यक्ति आफैँले गर्नुपर्ने कृषि तथा पशुपन्छी विभागका प्रमुख डा.अवधेश झाले बताउनुभयो ।

उहाँका अनुसार जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा पिसाब गराएर फोहोरमैला बनाउने वा पालेको कुकुर बिरालो छाडा छोडेको पाइएमा सम्बन्धित धनीलाई महानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।

घर पालुवा कुकुर विरालोलाई सार्वजनिक स्थलमा शौच गराएको देखे भने कारवाही प्रक्रिया अगाडि बढाउने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार