ज्वालामूखी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डद्धारा सफा तथा स्वच्छ क्षेत्र घोषणाको लागि कार्ययोजना निर्माण

  वास खबर सम्बाददाता  655 पटक हेरिएको
🔗
101
Shares


धादिङ : धादिङको ज्वालामूखी ग्रामीण खानेपानी,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले सफा तथा स्वच्छ क्षेत्र घोषणाको लागि कार्ययोजना निर्माण गरेको छ। बोर्डद्वारा आयोजना गरिएको पूर्ण सरसफाइ सम्वन्धी २ दिने तालिमका सहभागीहरुसँग व्यापक छलफल गरी कार्ययोजना निर्माण गरिएको ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डका प्रवन्धक सविना (रेग्मी) छत्कुलीले जानकारी गराउनुभयो ।


ज्वालामूखी गाउँपालिका, फोकस नेपाल र अक्सफामको समन्वय तथा सहजीकरणमा बोर्डद्वारा आयोजित तालिममा २५ जनाको सहभागिता थियो ।

शान्ति नेपालका रणनीतिक योजना तथा सल्लाहकार डा. कृष्णमान शाक्यको सहजीकरणमा सञ्चालित तालिम पूर्ण सरसफाइको उद्देश्य र चरणहरु, सामुदायिक सहजकर्ताको भूमिका, चर्पीको गुणस्तर र प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, खानाको स्वच्छता र घरआँगनको सरसफाइ, व्यववहार परिवर्तन विषयमा केन्द्रित रहेको प्रबन्धक छत्कुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तयार भएको कार्ययोजनाको कार्यान्वयनको मूल्यांकन बोर्ड र गाउँपालिकाले गर्नेछ ।


तालिममा स्वास्थ्य शाखा संयोजक सुजन श्रेष्ठले ज्वालामूखी गाउँपालिकामा खानेपानी र सरसफाइमा अव्वल गाउँपालिका वनाउनको लागि सवैको अहम भूमिका रहेको बताउनुभयो । उहाँले गाउँपालिकाको अभियानमा स्वास्थ्य शाखा, संस्था र कर्मचारीहरुले प्राथमिकताका समुदाय स्तरमा घरघरमा पुगी सेवाको साथ कार्य गर्ने वताउनुभयो ।


पानीजन्य रोग लगायत रोगहरु लाग्न नदिनु नै उपयुक्त माध्यम भएकाले रोगको रोगथामको लागि समुदायमा सरसफाइ हुनु जरुरी भएको उहाँको भनाइ थियो । तालिमकै क्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितले खानेपानी र सरसफाइ हेर्नको लागि छुट्टै संस्था नहुदा तोकिएको योजना अनुरुप कार्यान्वयन गर्न असहजता भएको कारण नै खानेपानी बोर्ड स्थापना गरी खानेपानी र सरसफाइको क्षेत्रमा काम भैरहेको बताउनुभयो ।

यसका लागि गाउँपालिकाले खानेपानी र सरसफाइको लागि पालिका मार्फत हुने कार्यको एकमुष्ठ वजेट विनियोजन गरी कार्य गरिएको वताउनुभयो ।

तालिमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्ष धर्म वहादुर अर्यालले सरसफाइ र स्वच्छता सम्वन्धी व्यवहार परिवर्तन गर्नको लागि व्यक्तिले मन देखि प्रण गर्नुपर्ने बताउनुभयो ।

तालिमको उद्घाटन सत्रमा ज्वालामूखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले ज्वालामूखी गाउँपालिकाले गाउँपालिका वासीहरुलाइ मापन गर्न सक्ने गरी विकास निर्माणका विभिन्न कार्य संगै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रलाई प्रमुख प्राथमिकता दिदै आएको बताउनुभयो । उहाँले गाउँपालिका भरि रहेका साना ठूला गरी १४७ वटा खानेपानी योजनाहरुलाइ एकीकृत गरी एक घर एक धारा वन्न वांकी रहेका २ हजार १०३ घरधुरीमा समेत जतिसक्दो छिटो कार्य सम्पन्न गरी समान रुपमा खानेपानी उपलब्ध गराउने बताउनुभयो । सरसफाइको क्षेत्रमा गाउँपालिकाले पूर्ण सरसफाइको दोस्रो चरण सफा तथा स्वच्छ गाउँ घोषणाको चरण पूरा गर्नको लागि वास प्लान निर्माण गरी कार्यान्वयनमा ल्याएको अध्यक्ष दनैको भनाइ थियो ।

स्वास्थ्य र खानेपानी सरसफाइको क्षेत्रमा मापन गर्न मिल्ने गरी सुधार ल्याउनको लागि नै पालिका स्तरमा बोर्ड स्थापना गरी समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नको लागि प्रत्येक वडामा वडा स्वास्थ्य सहजकर्ता परिचालनको अवधारणा ल्याई कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । तालिम पश्चात सहभागीहरुलाइ समुदायस्तरमा महसुसीकरण हुने खालको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित र स्वास्थ्य शाखा संयोजन सुजन श्रेष्ठको आतिथ्यतामा भएको उक्त तालिममा जनप्रतिनिधि, गाउँपालिकाका स्वास्थ्य संस्थाका प्रमुख एवं स्वास्थ्यकर्मीहरु, वडा स्वास्थ्य सहजकर्ताहरु र बोर्डका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकामा २०७६ माघ २१ गतेका दिन गाउँपालिकाको वडा नं ६ को विभिन्न ५ वटा टोलका ३०७ घरधुरीलाइ जिल्लाकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको ज्वालामूखी ग्रामीण खानेपानी,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डका प्रवन्धक सविना (रेग्मी) छत्कुलीले बताउनुभयो ।

गाउँपालिकाको अन्य टोल तथा वस्तीहरुमा यस अभियान तिव्रताका साथ अघि वढाइएको उहाँले बताउनुभयो । ‘खानेपानी ,सरसफाइ र स्वच्छताको क्षेत्रमा २०७६ साल देखि नै गाउँपालिकाले विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गर्दै अभियान सकृयताका साथ संचालन गर्दै आएको छ’ उहाँले भन्नुभयो ।


खानेपानी र सरसफाइको सेवा संचालनको लागि खानेपानी बोर्ड स्थापना गरी गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छताको कार्य बोर्ड मार्फत संचालन हुदै आएको छ । खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा सम्वन्धीत कर्मचारी तथा सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने गराउने कार्यक्रमहरु संचालन गरी समुदायमा सरसफाइ र स्वच्छता सम्वन्धी सकारात्मक व्यवहार परिवर्तन गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार