स्वास्थ्य संस्थाको खानेपानी र सरसफाइको अवस्था सुधार गर्न ‘वास फिट’

  वास खबर सम्वाददाता  957 पटक हेरिएको
🔗
56
Shares


सुर्खेत : स्वास्थ्य संस्थाको खानेपानी सरसफाइ तथा स्वच्छता अवस्था सुधारका लागि प्रदेश स्तरीय ३ दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। प्रदेश, जिल्ला तथा पालिका स्तरीय स्वास्थ्य सेवा प्रदायक सरोकारवालाहरुको क्षमता अभिवृद्धि गरी स्वास्थ्य संस्थामा खानेपानी सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गर्ने उद्देश्यले युनिसेफ नेपालको आर्थिक तथा छायाँ नेपालको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

स्वास्थ्य संस्थाको खानेपानी सरसफाइ तथा स्वच्छता अवस्था सुधार गर्नका लागि जोखिममा आधारित व्यवस्थापकीय औजार ९वास फिट० तालिमको सहजीकरण स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, स्वास्थ्य तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रशासक उपेन्द्र ढुङ्गानाले गर्नु भएको थियो ।

यसैगरी युनिसेफ नेपालका खानेपानी सरसफाइ विज्ञ सिद्धि श्रेष्ठ, भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सिनियर डिभिजन ईन्जिनियर रमेश सुवेदी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख बृष बहादुर शाही लगायतले प्राथमिक पाँच वटा डोमिनहरु पानी, सरसफाइ, फोहोरमैला व्यवस्थापन, हातको स्वच्छता, वातावरणीय सरसफाइ लगायत बिषयमा सहजीकरण गर्नुभएको थियो।


तालिमको अन्तिम दिन सहभागीहरुले अभ्यासका रुपमा २ वटा स्वास्थ्य संस्थाहरुको स्थलगत अवस्था मुल्याङ्कन, सुधारका लागि क्षेत्रहरुको पहिचान तथा वृद्दिशिल सुधार तयारी योजना गरेका थिए। साथै सहभागीहरुले आ आफ्नो तथा मातहतका स्वास्थ्य संस्थाको अवस्था सुधारका लागि छुट्टा छुट्टै कार्ययोजना तयारी गरेका छन्।


तालिमको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्का तथा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख बृष बहादुर शाहीले स्वास्थ्य संस्थाको खानेपानी सरसफाइ तथा स्वच्छता अवस्था सुधारका लागि बजेट बिनियोजन गर्न पहल गर्ने तथा मातहतका निकायहरुलाई निर्देशन दिने प्रतिवद्धता गर्नु भएको छ ।

तालिममा स्वास्थ्य संस्थाका कर्मचारी, पालिका स्तरीय स्वास्थ्य संयोजक, सरसफाइ सम्पर्क व्यक्ति, स्वास्थ्य सेवा प्रदायक विकास साझेदारका प्रतिनिधिहरु, सामाजिक विकास मन्त्रालय तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कर्मचारीहरु सहित ३३ जनाको सहभागिता थियो। तालिममा लुुम्बिनी प्रदेश तथा सुदुर परिश्चम प्रदेशबाट समेत सहभागिता जनाएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार