खानेपानीको वर्तमान अवस्था र अबको सवाल

  संजय कुमार न्यौपाने  229 पटक हेरिएको

संजय कुमार न्यौपाने सूचना अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड

सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मनाइदै आइरहेको छ । पानी दिवस पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्र संघको वार्षिक उत्सव हो । प्रत्येक वर्ष, यस दिनले पानी सम्बन्धी समस्याको बारेमा चेतना जगाउँछ, पानीको स्रोत र सरसफाइका वारेमा झकझकाउने गर्छ । साथै पानीको अवस्था र संकटका वारेमा जानकारी गराउछ ।

जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा र विश्वव्यापी जनसंख्या बढ्दै जाँदा, हामीले हाम्रो सबैभन्दा बहुमूल्य स्रोतहरुको संरक्षण गर्ने र संरक्षण गर्न एकजुट हुनु पर्ने देखिन्छ । 

विश्व पानी दिवस २०२४ को नारा “शान्तिको लागि पानीको उपयोग” रहेको छ । विश्वको स्थायित्व र समृद्धिमा पानीले खेल्ने महत्वपूर्ण भूमिकामा केन्द्रित रहेको छ । पानी र सरसफाइ संकटसँग जुध्न सचेतना जगाउँने कार्यलाई प्रेरित गदर्छ । सुरक्षित पानीको पहुँच बिना बाँचिरहेका २.२ बिलियन मान्छे को जागरूकता जगाउन खोजेको छ ।

जब पानी दुर्लभ वा प्रदूषित हुन्छ, वा जब मानिसहरूमा असमान वा पहुँच छैन, समुदाय र देशहरू बीच तनाव बढ्न सक्छ । विश्वका ३ अर्बभन्दा बढी मानिस राष्ट्रिय सिमाना पार गर्ने पानीमा निर्भर छन् यद्यपि, आफ्ना छिमेकीहरूसँग नदी, ताल र जलचर बाँडफाँड गर्ने १५३ देशहरूमध्ये, २४ देशहरूले मात्र उनीहरूको सबै साझा पानीका लागि सहयोग सम्झौता गरेको पाइएको छ ।

जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा र विश्वव्यापी जनसंख्या बढ्दै जाँदा, हामीले हाम्रो सबैभन्दा बहुमूल्य स्रोतहरुको संरक्षण गर्ने र संरक्षण गर्न एकजुट हुनु पर्ने देखिन्छ । सबैको मानव अधिकार र आवश्यकतालाई सन्तुलनमा राख्न मिलेर काम गर्दा पानी दिगो विकासको लागि स्थिर शक्ति र उत्प्रेरक हुन सक्छ ।

विश्व पानी दिवसको मुख्य फोकस दिगो विकास लक्ष्य SDG 6 सबैका लागि सन् २०३० सम्म सुरक्षित खानेपानी तथा सरसफाइको पहुँच उपलब्ध गराउनु रहेको छ । नेपालले विगत तीन दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकता दिंदै आएको छ ।

सबै क्षेत्रगत सरोकारवालाहरु एवम विकास साझेदारहरुको संयुक्त सहकार्यमा ९५ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी प्रणालीमा पहुँच पुगेको, २५ प्रतिशत जनसंख्यालाई उच्च तथा मध्यम स्तरको खानेपानी सेवामा पहुँच पुगेको तथा नेपाल सन २०१९ मा खुला दिसामुक्त राष्ट्र घोषणा भैसकेको छ भने यस क्षेत्रमा भएको विकासले पानीजन्य सरूवा रोगहरूबाट हुने मृत्यु तथा रोग भार कम हुँदै गएको अवस्था छ । तर पनि व्यक्तिगत तथा सामुदायिक सरसफाइको अभावमा हैजा, टाइफाइड जस्ता पानीजन्य रोगहरू पटक-पटक महामारीको रूपमा देखिने गरेका छन ।

बि.सं. २०८१ सम्ममा सबै नेपाली जनतालाई आधारभूत खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने राष्ट्रिय लक्ष्य तथा सन २०३० सम्म खानेपानी तथा सरसफाइमा सबैको पहुँचको सुनिश्चितता गर्ने दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ अग्रसर रहेको छ । स्वस्थ आनीबानी व्यवहारमा परिवर्तन ल्याउनुका साथै खुला दिसामुक्त अवस्थाको दिगोपना कायम राख्दै पूर्ण सरसफाइ अवस्थाको श्रृजना तथा सहरी क्षेत्रहरूमा फोहोरपानी तथा मानव मलमूत्र जन्य फोहोर व्यवस्थापन जस्ता समस्याहरूको सम्वोधन गर्ने तर्फ निकै प्रयास गर्नु आवश्यक रहेको छ ।

खानेपानी तथा सरसफाइ प्रणालीहरूको दिगोपना एक प्राथमिकताको सवाल हो भने आधारभूत खानेपानी सेवा नपुगेको करिब ५% (प्रतिशत) हाराहारीमा रहेको जनसंख्यालाई सेवा पु¥याउनु, जनगणना २०७८ को नतिजाले उजागर गरेको चर्पीको पहुँच बाहिर रहेका ४.५% (प्रतिशत) घरधुरीमा चर्पीको पहुँच पुर्‍याउनु, उपलब्ध खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर अभिवृद्धि गर्नु, सेवामा समन्यायिक पहुँच पु¥याउनु महत्वपूर्ण सवालहरू हुन ।

प्रणालीहरूको न्युन दिगोपना र सुचारूपनका पछाडि आंशिक रूपमा प्रणालीहरूको संचालन एवं मर्मत सम्भार व्यवस्थापनमा रहेको अपर्याप्तता कारकको रूपमा रहेको देखिन्छ । अध्ययन प्रतिवेदनहरूले के देखाउँछन भने करिब एक तिहाई प्रणालीहरूमा खानेपानी तथा सरसफाइ प्राविधिक उपलब्ध रहेको, कानूनत: दर्ता गरिएका उपभोक्ता संस्थाहरूको संख्या करिब एक तिहाई भन्दा केही बढी मात्र रहेको तथा थोरै प्रणालीहरूमा मात्र मर्मत सम्भार कोष रहेको अवस्था छ ।

पर्याप्त बजेट व्यवस्थाका साथ निरपेक्ष रूपमा गाउँ, सहर तथा जुनसुकै पर्यावरणीय भूभागमा छरिएर रहेको भए तापनि सेवाबाट बञ्चित जनसंख्याको परिस्थितिको जायज विवेचना गर्दै उनिहरूको खानेपानी र सरसफाइ सेवामा पहुँचको मानवीय आवश्यकता पूर्ति तर्फ सम्बद सबै व्यक्ति, समाज र संस्थाहरूले सामाजिक दायित्वका रूपमा लिई तीनै तहका सरकारको आपसी समन्वय र सहकार्यमा दह्रो संयन्त्र मार्फत भावी योजना तथा कार्यक्रमहरूको कार्यान्यवनबाट नै खानेपानी तथा सरसफाइ क्षेत्रले तय गरेको विक्रम सम्वत २०८१ सम्ममा सबैको लागि आधारभूत खानेपानी र सरसफाइ सेवा तथा सन २०३० सम्म सबैमा सुरक्षित खानेपानी तथा सरसफाइको पहुँच तथा दिगो व्यवस्थापन गर्ने दिगो विकास लक्ष्य पुरा गर्ने ध्यय पूरा हुनेछ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको वर्तमान अवस्था

विश्व पानी दिवसको मुख्य फोकस दिगो विकास लक्ष्य SDG 6 सबैका लागि सन् २०३० सम्म सुरक्षित खानेपानी तथा सरसफाइको पहुँच उपलब्ध गराउने उद्देश्य अनुरुप हाल हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नं २,४,५,६,७, ८,९,१० गरी ८ वटा वडाको सबै भु—भाग र वडा नं. १, ३, १४, १५, १६, १७, १८ र १९ का केही भु—भागहरुमा बसोबास गर्ने करिब १ लाख ६० हजार नगर बासीहरुलाई दैनिक २ करोड ६२ लाख लिटर पानी उत्पादन गरी करिब २६ हजार ८ सय ७५ वटा धाराहरुबाट सरदर दैनिक ७ देखि ८ घण्टा खानेपानी वितरण गर्दै आइरहेको छ।

सामरी समवेलको शुभारम्भ भएसंगै दैनिक ६० लाख लिटर पानी थप गरी ३ करोड २२ लाख लिटर खानेपानी वितरण गर्न बोर्ड सफल भएको छ । हेटौंडा उपमहनगरपालिकाको मुख्य बजारक्षेत्र भित्र २४ सै घण्टा पानी वितरण गर्न सक्ने अनुमान गरिएको छ । हाल बोर्डमा १ वटा सतहगत मुहान, डिप बोरिङ्ग ३७ वटा सम्वेल १३ वटा र पानी भण्डारण क्षमता ४५२.६९ घ.मि. रहेको छ भने पाइप लाइन नेटर्वक करिब ४७० कि.मि. रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार