चाँगुनारायण नगरपालिकाको विद्यालय विद्यालयमा ‘विस्वास अभियान’

  वास खबर सम्वाददाता  567 पटक हेरिएको
🔗
20
Shares

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका भित्रका हरेक माध्यमिक विद्यालयमा ‘विद्यालय स्वास्थ्य सचेतना (विस्वास) अभियान’ सञ्चालन गरिएको छ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र बानी व्यवहार परिवर्तनका लागि सचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

चाँगुनारायण नगरपालिका भित्र ३४ वटा सामुदायिक र ३४ वटा संस्थागत गरी ६८ वटा विद्यालयहरु सञ्चालित छन् । ती मध्ये १४ वटा माध्यमिक विद्यालय र एक आधारभूत विद्यालयमा विद्यालय स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिएको हो।

अभियान अन्तर्गत तारे पद्धति अनुसार विद्यालयको स्थितिको स्वमूल्याङ्कन गरिनुका साथै विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिमा भएका सूचक तथा मापदण्डहरुको बारेमा जानकारी गराईन्छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

चाँगुनारायण नगरपालिकाले हरेक वडामा एक एक जना वास सहजकर्ता नियुक्त गरी पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ। सहजकर्ताहरु मार्फत घरायसी तहदेखि विद्यालय तथा स्वास्थ्य संस्था र टोल तथा समुदाय र वडा स्तरसम्म पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार