खानेपानी बोर्डको अगुवाईमा सफा तथा स्वच्छ गाउँ प्रबर्द्वनमा तीब्रता

  वास खबर सम्बाददाता  331 पटक हेरिएको


धादिङ : धादिङको ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले पूर्ण सरसफाइ कार्यक्रमको प्रबर्द्वनमा तीब्रता दिन थालेको छ । बोर्डले वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, वडा कार्यालय लगायत संस्थाको समन्वयमा पूर्ण सरसफाइ कार्यक्रमलाई प्रबर्द्वन गर्न थालेको हो ।

ज्वालामुखी गाउँपालिका, वडा कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड र टोल विकास सस्थाको सहयोगमा हालै पोखरी थोक खानेपानी सरसफाइ आयोजनावाट लाभान्वित ५१ घरपरिवारलाई सुरक्षित खानेपानीका लागि फिल्टर र फोहोर व्यवस्थापनको लागि डस्ट बिन वितरण गरिएको बोर्डका प्रबन्धक सबिना रेग्मी छत्कुलीले जानकारी दिनुभयो ।

बिहीबार ज्वालामुखी गाउँपालिकाको वडा नं. २ का अध्यक्ष वडा राजु लोप्पाको अध्यक्षतामा वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको वैठक बसी खानेपानी तथा सरसफाइ सँग सम्बन्धित तीन वटा महत्वपूर्ण निर्णय भएको प्रबन्धक छत्कुलीले जानकारी दिनुभयो ।

‘एक घर एक धारा निर्माण भएको खानेपानी आयोजनाहरुलाई नियमित र दिगो मर्मत सम्भारको लागि खानेपानी बोर्डमा हस्तान्तरण गर्न समुदायमा अभिमुखीकरण गर्ने पहिलो निर्णय भएको छ’ उहाँले भन्नुभयो ‘वडा कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड र अन्य संघ संस्थाको सहकार्यमा वडाको सवै टोलमा सफा तथा स्वच्छ गाउँ प्रबर्द्वन कार्यक्रम सञ्चालनको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ।’

वडा वास सीसीको बैठकले नमुना सफा गाउँ प्रवद्र्धन कार्यक्रममा नियमित अनुगमन गर्नको लागि वडा सदस्य छाप वहादुर गन्द्रमाको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ । समितिले खानेपानी र सरसफाइको अवस्था पहिचान गरी योजना निर्माण र कार्यान्वयन गर्न अहम् भुमिका खेल्ने प्रबन्धक छत्कुलीले बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार