माटोको सट्टा गिट्टी राखेर पाइप बिछ्याउन उप प्रमुख डंगोलको निर्देशन

  वास खबर सम्वाददाता  365 पटक हेरिएको

काठमाडौ:  काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले माटोको सट्टा गिटी विछ्याएर मात्र खानेपानीको पाइप गाड्न निर्देशन दिनुभएको छ । योजना अनुगमनका क्रममा भोटाहिटीबाट असनतर्फको सडक खण्डमा खानेपानी वितरणका लागि पाइप बिछ्याएर पुरिएको ठाउँमा भासिने खालको माटो देखिएपछि त्यसको सट्टा गिट्टी प्रयोग गर्न निर्देशन दिनुभएको हो ।

थलथले माटोका कारण पाइप लाइनलाई अस्थिर हुने, यसैकारण पाइप फुट्ने र पानी चुहिने जोखिम रहेको बताउँदै, यस्तो माटो निकालेर गिटी राख्न र सेतो मच्छिन्द्रनाथको रथयात्रा अगावै निर्माण सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो। ‘काम छिटो गर्ने नाममा गुणस्तरमा कुनै पनि खालको सम्झौता हुँदैन ।’ उहाँले इञ्जिनियरहरुलाई भन्नुभयो, ‘बिग्रेको अवस्था सुधार गर्ने प्रक्रियामा यहाँहरुको निगरानी अपरिहार्य हुन्छ । यसलाई हेर्नुहोला ।’

सेतो मच्छिन्द्रनाथको रथ यात्राको पहिलो दिन यही मार्गबाट रथ तानेर असन लगिन्छ ।

अनुगमनका क्रममा वडा २७ का अध्यक्ष योगेश खड्गीले भन्नुभयो, ‘पाइप पुर्ने क्रममा समस्या देखिएको छ । यसलाई सुधार नगरी सुखै छैन ।’ यो अवस्थालाई सिकाइका रुपमा लिन सुझाव दिँदै उहाँले भन्नुभयो ‘पूर्वाधार निर्माण अघि, निर्माण भइरहेको अवधि र निर्माण सम्पन्न हुने समय गरी ३ पटक हरेक योजनाको अनुगमन गर्नुपर्छ । यति गर्न सकिएन भने गुणस्तरमा कहीँ न कहीँ ठगी भइहाल्छ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार