स्वयम्भु, पशुपतिनाथ र बौद्ध परिसरमा सरसफाइ अभियान

  वास खबर सम्वाददाता  436 पटक हेरिएको


काठमाडौ : उपत्यकाको तीन वटा ऐतिहासिक तथा धार्मिक क्षेत्र स्वयंम्भु मन्दिर, पशुपति मन्दिर तथा बौद्ध परिसरमा सरसफाइ अभियान तथा फोहोर संकलन गरिदैछ। अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसरमा “पृथ्वी बचाऔं, शान्ति ल्याऔं” भन्ने नारा सहित तीनै वटा धार्मिक क्षेत्रको सरसफाइ तथा फोहोर संकलन गर्न सुरु गरिएको हो।

आज स्वयभ्युबाट सुरुवात गरिएको सफाइ तथा फोहोरमैला व्यवस्थापन कार्य भोलि पशुपति क्षेत्र तथा पर्सि बैशाख १० गते बौद्ध क्षेत्रमा सञ्चालन हुनेछ।

साझेदार संस्थाहरु काठमाण्डौ महानगरपालिका वडा नं. १५, वडा नं ८, वडा नं.६, पशुपति विकास कोष, एकिकृत शहरी विकास केन्द (CIUD), Solid Waste Management Association of Nepal, Bhuikhel Football Club, बागमती सफाइ महाआभियान नेपाल, परिवर्तन सेवा प्रा.लि., नेप्सेम्याक सेवा प्रा.लि.NEPCEMAC, परिवर्तन सेवा प्रा.लि.को समन्वय तथाGlobal IME Bank, The Peace Department, Shyalpa Monaster, The Universal Peace Sanctuary, लगायत blue Waste To Value को सहयोगमा तीन दिने सफाइ अभियानको सुरुवात गरिएको हो।


कार्यक्रममा स्थानीय सरसफाइ अभियन्ताहरुको सक्रिय सहभागिता रहने एकीकृत शहरी विकास केन्द्रका शिव श्रेष्ठले जानकारी दिनुभयो।
सरसफाइ अभियानको सुरुवात गर्नु अघि शुक्रबार यस सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो। गोष्ठीमा blue Waste To Value संस्थाका कार्यकारी निर्देशक नविन विकास महर्जनले दिर्घकालीन सरसफाइ अभियानका प्रारुपहरु सम्वन्धमा प्रस्तुतिकरण गर्नु भयो।

त्यस्तै Universal Peace Sanctuary का प्रतिनिधि च्छयोयुङ्ख डेकचनले सरसफाइ अभियानले समुदायमा फोहोर व्यवस्थापन सम्बन्धी जागृति ल्याउने बताउनुभयो। उहाँले फोहोरमैला व्यवस्थापनको काममा सवैको हातेमालो रहने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै पशुपति विकास कोषका सदस्य सचिव राज कुमार खत्रीले धार्मिक क्षेत्रमा थुप्रिने फोहोरको न्यूनीकरण गर्दै शून्यमा झार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार