मिथिलामा विद्यालय खानेपानी तथा सरसफाइ सम्मेलन, १० बुँदे प्रतिबद्धता पत्र जारी

  वास खबर सम्वाददाता  508 पटक हेरिएको
🔗
46
Shares


धनुषा : धनुषाको मिथिला नगरपालिकाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी १० बुँदे घोषणा तथा प्रतिबद्धता पत्र जारी गरेको छ। युनिसेफ नेपालको सहयोगमा मिथिला नगरपालिकाले आयोजना गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्मेलनबाट नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन, कानुन, नीति तथा कार्यक्रममा भएका व्यवस्थाहरु पूर्ण रुपमा लागु गर्ने सहित १० बुँदे प्रतिबद्धता जारी गरिएको हो।

मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्मेलनमा सहभागी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, विद्यालयका प्राधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी अभिभावक लगायतले दश बुँदे घोषणा तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धता अनुसार अब मिथिला नगरपालिका भित्रका विद्यालयहरुमा आर्थिक बर्ष २०८२/०८३ सम्ममा कम्तीमा आधारभूत तहको खानेपानी, सरसफाइ तथा स्वच्छतासुविधा सुनिश्चित गर्ने भएको छ।

हेर्नुहोस् १० बुँदे घोषणा पत्र :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार