लामखुट्टेको बासस्थान पहिचान र लार्भा नष्ट अभियान

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभयो।

अभियान अन्तर्गत सन्धिखर्क बजारका विभिन्न स्थानमा पुगी पानी जमेका स्थानमा पानी फ्याँक्ने तथा स्थानीयलाई डेंगीबाट बच्ने उपायहरू जानकारी गराइएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, वडा सदस्य बाबुराम पन्थी, जनस्वास्थ्य निरीक्षक प्रकाश परियार,गोमा थापा,लुमा पराजुली लगायत स्वयंसेविका र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार