काठमाडौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताउनुभएको छ।
सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ,नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्युनकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताउनुभयो।
जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चूनौति प्रति गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो। उहाँले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उपराष्ट्रपति यादवले वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रुपमा परिणत गर्नका लागि सबै निकाय बीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।