असुरक्षित तरिकाले भण्डारण गरिएको खानेपानीमा हैजाको जीवाणु रहेको पुष्टि

  वास खबर सम्वाददाता  372 पटक हेरिएको

धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ पशुपति टोलको घरमा असुरक्षित तरिकाले भण्डारण गरिएको खानेपानीमा हैजाको जीवाणु रहेको पुष्टि भएको छ। राख्दा दुई जनालाई हैजा देखिएको पुष्टि भएको छ । गत साता पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा यस्तो तथ्य फेला परेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले बताउनुभयो ।

स्थानीयले प्रयोग गर्ने र पानी भण्डारण गर्ने भाडामा हैजाका जीवाणु देखिएका हुन । स्वास्थ्य कार्यालयले ती घरको खानेपानीका धारा र भाँडामा राखिएका खानेपानीको नमुना परीक्षण गरेको थियो ।

प्रमुख श्रेष्ठले पशुपति टोलका ५० घरमा पानी शुद्धिकरण गर्न पियुस बाँडिएको र उनीहरूमा हैजा भए÷नभएको परीक्षण गर्न दिसाको नमुना सङ्कलन गरिएको बताउनुभयो ।

नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र साहले आफूहरूले पानी प्रशोधन गरेर खानयोग्य बनाएर पठाए पनि घरायसी स्तरमा खानेपानीको प्रयोग तथा भण्डारणका बेला पनि खानेपानी प्रदुषण हुन सक्ने बताउनुभयो। गत साता पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको थियो । उनीहरू दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । ती मध्ये एक जना उपचारपछि घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो । पशुपति टोलका करिब ३० जनाको दिसा सङ्कलन गरेर हैजा होरहोइन भन्ने परीक्षण भइरहेको छ । वर्षातको समयमा पानी विभिन्न तरिकाले दूषित हुने हुँदा सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार