वडाका नेतृत्वकर्ताहरुलाई हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण

  वास खबर सम्वाददाता  408 पटक हेरिएको
🔗
24
Shares


काठमाडौं : वडाका नेतृत्वकर्ताहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता र हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ। काठमाडौं महानगरपालिकाको वडा नं. ११, १२, १३, १४ र २१ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नं. ५, ७ र ८ का निर्वाचित वडा सदस्यहरू, सामुदायका नेतृत्वकर्ताहरू र स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रतिनिधिहरूलाई तालिम दिईएको हो ।


हैजार तीब्र झाडापखाला प्रकोपहरूलाई प्रभावकारी रूपमा रोकथाम, नियन्त्रण र प्रतिक्रिया दिन आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले Enhancing Cholera Control in Nepal (ECHO-N) परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो ।


यही अगष्ट २१ बुधबार देखि २३ तारिख शुक्रबार सम्म संचालन गरिएको तालिममा महामारीको समयमा वडा विपद व्यवस्थापन समितिले बिभिन्न सरोकारवालाहरूसँग कसरी प्रभावकारी समन्वय र सञ्चार गर्ने बारे कृत्रिम घटना अभ्यास पनि गरिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का परियोजना संयोजक अनिल महर्जनले जानकारी दिनुभयो।

उहाँका अनुसार तालिममा काठमाडौं महानगरपालिका (वडा ११, १२, १३, १४, र २१) र गोकर्णेश्वर नगरपालिका (वडा ५, ७, र ८) बाट ३र३ जना गरी कुल २४ जनाले सहभागिता जनाएका थिए।

यो पहल स्थानीय नेताहरूको क्षमता वृद्धि गर्न र समुदायमा हैजार तीब्र झाडापखालाको प्रभावलाई व्यवस्थापन र कम गर्नको लागि एक महत्वपूर्ण कदम हुने आशा गरिएको परियोजना संयोजक महर्जनले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार