कमलले ल्यायो निःशुल्क मोबाइल सार्वजनिक शौचालय

  वास खबर सम्वाददाता  280 पटक हेरिएको
🔗
9
Shares

झापा : झापाको कमल गाउँपालिकाले आवश्यकता अनुसार एक स्थानबाट अर्को स्थानमा सार्न मिल्ने मोबाइल सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। कमल पालिकाको वडा नं। ५ पाडाजुँगी बजारमा यस्तो सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको पालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।

खुला दिसामुक्त पालिका घोषणा कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले सार्वजनिक शौचालय व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। यो शौचालय प्रयोगकर्ताले सेवा शुल्क तिर्नु नपर्ने गरी निःशुल्क सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। स्थानीयस्तरमा हुने विभिन्न सार्वजनिक कार्यक्रममा यो गुडाएर लैजान सकिने किसिमको छ ।

हाल प्रहरी बिट नजिकै सडकको एक छेउमा राखिएको शौचालयलाई बाटो विस्तार भएपछि उपयुक्त ठाउँमा सारिने गाउँपालिकाले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार