ललितपुर महानगरपालिकाले पुर्‍यो १५ ट्रक छाला र हड्डी

  वास खबर सम्वाददाता  311 पटक हेरिएको

ललितपुर : ललितपुर महानगरपालिकाले वडा-२७ स्थित सुनाकोठीमा रहेको हड्डी कारखानाका १५ ट्रक छाला र हड्डी खाल्डो खनेर पुरेको छ । अव्यवस्थित तरिकाले राखिएका पशुको हड्डी र छालाले वातावरण दुर्गन्धित भएपछि ललितपुर महानगरपालिकाले शुक्रबार डोजरले खाल्डो खनेर पुरिदिएको हो।

सुनाकोठी, भैंसेपाटी सहितका स्थानीयले गुनासो गरेपछि महानगरपालिकाले कारखानालाई हड्डी, छाला व्यवस्थित रुपमा छोपेर राख्न निर्देशन दिएको थियो । पटक पटक महानगरले निर्देशन दिँदा पनि अव्यवस्थित रुपमा खुल्ला छोडेपछि महानगर प्रहरीले पुरिदिएको ललितपुर महानगर प्रहरीका प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभयो।

‘हामीले कारखानालाई भन्यौं अटेर गरेपछि पुरेका हौं । छाला र हड्डीको दुर्गन्धले स्थानीय विरामी समेत भएको पाइएको छ,’ ललितपुर महानगर प्रहरीका प्रमुख हाछेथुले भन्नुभयो।

हावा चल्दा ‘हड्डी र छालाले वरिपरिको १ किलोमिटर क्षेत्रफल नै दुर्गन्धित भएको पाइयो, उहाँले भन्नुभयो । महानगरका अनुसार रविन खड्गीले सञ्चालन गरेको हड्डी संकलन केन्द्रमा उपत्यकाभरिका वधशाला, मासु पसलहरुबाट हड्डी, छाला संकलन हुने गरेको थियो ।

‘दर्ता नै नगरी ठूलो परिमाणमा हड्डी छाला संकलन गरेर हेटौंडा औद्योगिक क्षेत्र, विराटनगर लगायत स्थानमा पठाउने गरेको खुलेको छ । टाँक बनाउन र हड्डी र छालाबाट उत्पादन हुने सामाग्री बनाउन यहिँबाट लैजाने गरेको पाइयो,’ हाछेथुले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार