चाँगुनारायणको मझुवामा सुधारिएको चुल्होको प्रबर्द्वन

  वास खबर सम्बाददाता  59 पटक हेरिएको


भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं.७ को करिब १० घरमा सुधारिएको चुल्हो निर्माण गरी प्रयोगमा ल्याईएको छ । ग्लोबल पिस फाउन्डेसन नेपालको सहयोग तथा चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा वडा नं. ७ को मझुवामा सुधारिएको चुल्हो निर्माण गरी प्रयोगमा ल्याईएको चाँगुनारायण नगरपालिकाकी वास सहजकर्ता मेनुका थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाउराबाट चुल्होमा खाना पकाउने परिवारलाई लक्षित गरी सुधारिएको चुल्हो बनाएर प्रयोगमा ल्याईएको हो । वडा नं. ७ को केही घरमा होमस्टे समेत सञ्चालन भैरहेको र सुधारिएको चुल्होको प्रयोगले दाउराको खपत घटाउने र घरभित्रको धुँवाका कारण लाग्ने स्वासप्रश्वास तथा मोतिया बिन्दु जस्ता रोग लाग्न सक्ने सम्भावना समेत कम हुने उहाँले बताउनुभयो।

‘जसले दाउरा बालेर परम्परागत चुल्होमा खाना पकाईरहनु भएको छ, उहाँहरुको लागि लक्षित गरेर चाँगुनारायण नगरपालिकाले यो कार्यक्रम सुरुवात गरेको हो’ वास सहजकर्ता थापाले भन्नुभयो।  सुधारिएको चुल्होको प्रयोगले दाउरा बाल्दा घरभित्र निस्किने धुँवामा न्यूनीकरण हुने स्वच्छ हावा प्रबर्द्वनमा समेत सघाउ पुग्ने उहाँको विश्वास छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार