चुरेका बासिन्दालाई लक्षित खानेपानी योजना बाढीले लथालिङ्ग

  वास खबर सम्बाददाता  109 पटक हेरिएको

दमक : झापाको दमक र इलामको चुलाचुलीमा पर्ने चुरे क्षेत्रका बासिन्दालाई लक्षित गरेर सुरु गरिएको खानेपानी योजनामा बाढीले क्षति पुर्‍याएपछि स्थानीय प्रभावित बनेका छन्। चुरे क्षेत्रमा पानीको अभाव रहदै आएको छ ।

पाँच करोडको लागतमा ५ वर्षमा निर्माण भएको खानेपानी योजना सुरु भएको एक वर्ष बित्न नपाउँदै बन्द भएको हो । खोलामा सिफेज गरी लिफ्ट प्रणालीबाट ५ वर्षअघि खानेपानी योजना निर्माणको काम भएको थियो । करिब ५ करोडको लागतमा बनेको योजना अहिले बन्द भएपछि स्थानीयहरु खोलाको पानीमा भर पर्न बाध्य बनेका छन् ।

दमक ३ का स्थानीय बुद्धिमान तामाङका अनुसार खानेपानी योजनाका महत्वपूर्ण संरचनाहरुमा बाढीले क्षति पु र्‍याएपछि अहिले धारामा पानी आउन छाडेको छ । “वर्षदिन पनि पानी उपयोग गर्न पाइएन”, उहाँले भन्नुभयो । “अब सफा र स्वस्थ पानी पिउन पाइन्छ भन्ने अपेक्षा थियो तर केही समय पनि त्यो खुशी टिकेन”, उहाँले गुनासो गर्नुभयो ।

आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरिएको मावा खोला शिखरकटेरी लिफ्ट सिस्टमको खानेपानी योजना बन्द हुँदा स्थानीयले पुनः दूषित पानी उपयोग गर्न बाध्य बन्नुपरेको अवस्था देखिएको झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले बताउनुभयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नम्बर ४ झापाले खानेपानी योजनाको रेखदेख गर्दै आएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ। खोलामा अवैध दोहनले गर्दा पनि खानेपानी तथा सिंचाइमा समस्या आएको देखिएको छ, उहाँले भन्नुभयो । चुरे क्षेत्रमा अवैध दोहन भएका कारण क्षति धेरै हुँदै आएको छ, उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार