दुल्लू नगरपालिकाको १२ नं.वडा पहिलो सफा स्वच्छ वडा घोषणा

  भक्तबहादुर शाही  291 पटक हेरिएको


दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा १२ लाई नगरपालिकाकै पहिलो सफा स्वच्छ वडाको रुपमा घोषणा गरिएको छ । दाहाल र लम्सालहरुको आदिभुमीको रुपमा रहेको दुल्लु नगरपालिका १२ पहिलो सफा र स्वच्छ वडा घोषणा गरिएको हो । हेल्भेटास नेपालको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा सोही वडाहरुका घरमा सरसफाईका विभिन्न ५ वटा सुचकहरु पुरा गरी वडाले सफा स्वच्छ वडाको रुपमा पहिचान बनाउन सफल भएको हो ।

वडालाई सफा स्वच्छ वडाको रुपमा घोषणा गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दुल्लु नगरपालिका १२ लाई साँस्कृतिक वडाको रुपमा विकास गर्नका लागि सफा स्वच्छ कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । ‘तपाईहरुले आफनो वडालाई सफा स्वच्छ वडा घोषित गरी आम नागरिक सामु चिनिनु भएको छ । यसले तपाईहरुको फरक पहिचान दिएको छ जो सकारात्मक हो । अब तपाईहरुबाट यस नगरपालिकाका अन्य वडाले यसको सिको गर्नुहुनेछ,जिल्ला हुदै देशभरि यो वडालाई हेर्ने आमनागरिकको धारणा पनि बदलिनेछ।’ उहाँले भन्नुभयो ‘आजको यो वडा सफा स्वच्छ घोषणाले नयाँ सन्देश दिएको छ । मैले यस वडामा विगतका दिनमा विभिन्न क्षेत्रबाट सहयोग गरेको छु ।’

विभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त घोषणा कार्यक्रमको अवसरमा दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले वडालाई यतिबेला सरसफाई वडा उन्मुख वडाको रुपमा कार्यक्रमले प्रभावकारी भुमिका खेलेको भन्दै भोलिका दिनहरुमा पुर्ण सरसफाई वडा बनाउनको लागि नागरिकहरुले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा बताउनुभयो ।

वडाको उक्त सफा स्वच्छ कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्दै वडाध्यक्ष लिलाराम लम्सालले सरसफाईका सबै सुचकहरु पुरा गर्दै आगामी दिनमा पुर्ण सरसफाई र नमुना वडाको रुपमा विकास गर्ने बताउनुभयो ।

वडाको उक्त सफा स्वच्छ वडा घोषणा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायत सरोकारवालाहरुलाई वडाले सम्मान समेत गरेको छ भने कार्यक्रमका सहभागीहरुले सरसफाईको क्षेत्रमा गर्नुपर्ने जिम्मेवारीमा प्रतिवद्धता व्यक्त गर्दै हस्ताक्षर समेत गरिएको छ । सफा स्वच्छ वडा घोषणाका लागि गाउँ टोल टोलबाट विभिन्न सांस्कृतिक झाँकी सहित कार्यक्रममा सहभागी भएका थिए।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार