स्वास्थ्य संस्थाहरुमा जलवायु अनुकुलन वास कार्यक्रमको संयुक्त अनुगमन

  वास खबर सम्बाददाता  66 पटक हेरिएको

जनकपुरधाम : मधेस प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित ‘स्वास्थ्य संस्थाहरुमा सुरक्षित रूपमा व्यवस्थित र जलवायु अनुकुलन खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सेवा सुबिधाहरू प्रदान गर्नका लागि प्राविधिक सहयोग कार्यक्रम’ (Technical Support to Provide Safely Managed & Climate Resilient Water, Sanitation & Hygiene (WASH) Services in Health Care Facilities) को प्रदेश स्तरीय संयुक्त अनुगमन गरिएको छ।

युनिसेफा नेपाल, छायाँ नेपाल र नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालित कार्यक्रम अन्तर्गत मधेस प्रदेशको मिथिला नगरपालिका स्थित राष्ट्रिय आधारभूत विद्यालय, केमलीपुर, जामुनिवास खानेपानी आयोजना र कठपुल्ला स्वास्थ्य चौकी हंसपुरको संयुक्त अनुगमन गरिएको हो ।


कार्यक्रम अन्तर्गत निर्माण भएका विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता र वास फिट टूल्सको प्रयोग गरी विद्यालय र स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा विद्यमान रहेको अभाव तथा अन्तरलाई पहिचान गरी अपांग, लैंगिक तथा बालमैत्री खानेपानी, हात धुने स्थान, शौचालय सेवा सुविधाहरुको निर्माण तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गरिएको थियो । साथै जामुनिवास सुरक्षित खानेपानी आयोजनाको सूचकहरु अनुसार अनुगमन गरिएको थियो ।


संयुक्त अनुगमन कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारी, क्षेत्रीय शिक्षा निर्देशनालय बाट शिक्षा निर्देशक ठुलो बाबु दाहाल, स्वास्थ्य मन्त्रालयबाट लक्ष्मेश्वर, खानेपानी मन्त्रालयबाट राकेस यादव, युनिसेफका वास चिफमहम्मद इरफान अलराई, जनकपुर फिल् कार्यालय फिल्ड अफिसर अनिता दाहाल, वास अफिसर बोध नारायण श्रेष्ठ,अन्नपूर्ण मिश्र, सुनिता सुल्फे के.सी. छायाँ नेपाल बाट प्रदेश संयोजक ई।आशिष सिंह, कार्यक्रम प्रबन्धक राम महर्जन र मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकी हुनुहुन्थ्यो ।

अनुगमनका थप फोटोहरुः

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार