काठमाडौ : पछिल्ला अंकहरुमा हामीले खानेपानी सुरक्षा योजनाका बिषयमा चर्चा गरिरहेका छौं । सुरक्षित खानेपानी वितरण गर्नका लागि हरेक खानेपानी सेवा प्रदायकले खानेपानी सुरक्षा योजना अपनाउनै पर्ने भएकाले पनि यसका बारेमा व्यापक जानकारी हुन आवश्यक छ ।
खानेपानी सुरक्षा योजना कार्यान्वयनलाई ७ चरण र ३ सहयोगी क्रियाकलापमा सविस्तार बाँडिएको छ । अघिल्लो अंकमा खानेपानी सुरक्षा योजनाका ३ वटा चरणहरु चरण १ः खानेपानी सुरक्षा योजना टोली गठन, चरण २ः खानेपानी प्रणालीको विश्लेषण तथा चरण ३ः प्रदूषण पहिचान र जोखिम विश्लेषणका बारेमा चर्चा गरिसकेका छौं । यस अंकमा बाँकी चरणहरुका बारेमा चर्चा गर्दैछौं ।
चरण ४ः नियन्त्रण उपाय
पानीमा हुनसक्ने प्रदूषणलाई रोक्न वा निर्मुल पार्न, अशुद्धिपनहरूको मात्रा (सघनन्) लाई घटाई ग्राह्य हुने स्तरसम्म ल्याउने उद्देश्यले प्रयोग गरिने विभिन्न क्रियाकलापलाई वा (साधन/माध्यम) लाई नियन्त्रण उपाय भनिन्छ । नियन्त्रण उपायहरूको पहिचान गर्नु र ती उपायहरूले खानेपानीको गुणस्तर कायम राख्न वा प्रदूषणलाई कम गर्न वा रोकथाम गर्न सक्छन् भन्ने कुराको एकीन गर्नु यो चरणमा गरिने आधारभूत काम हुन् ।
चरण ५ः सुधार कार्य योजना तर्जुमा.र कार्यान्वयन
चरण ३ र चरण ४ मा गरिएका जोखिम विश्लेषणका आधारमा सुधार गरिनु पर्ने वा नयाँ वनाइनु पर्ने नियन्त्रण उपायहरू अर्थात् प्रदूषण छेकावारहरूको प्राथमिकता क्रम तोकिनु पर्छ । नियन्त्रण –विधि जसले जो खिमको स्तरलाई “उच्च” बाट “न्यून” मा झार्छन् त्यस्ता विधि अपनाउन पहिलो प्राथमिकता दिनु पर्छ । तर कहिले काँही आर्थिक तथा जनसाधन जस्ता स्रोतको अभावले यस्तो प्राथमिकिकरण गर्ने कार्य सम्भव नहुन पनि सक्छ ।
चरण ६ : अनुगमन
खानेपानी सुरक्षा योजना कार्यान्वयनको सिलसिलामा अर्को महत्वपूर्ण चरण भनेको अनुगमन योजना तर्जुमा गरी कार्यान्वयन गर्नु हो ।
चरण ६ (क): अनुगमन योजना–तर्जुमा
नियन्त्रण–विधिका अनुगमन कार्यको सिलसिलामा के गर्ने, कसरी गर्ने, कहिले र कसले गर्ने हो सो को स्पष्ट उल्लेख अनुगमन योजनामा गरिएको हुन्छ । फाराम ६(क) त्यसैसंग सम्वन्धित छ । यो फारमले खानेपानी प्रणालीको दैनिक संचालन तथा संभार कार्य (जो नियमित कर्मचारी प्लम्वर, प्राविधिक, प्रयोगशालाका प्राविधिक आदिले जिम्मा लिएका हुन्छन्) गर्न मद्दत पुर्याउँंछ ।
फाराम ६ (क) को कलम १ मा सबै मौजूदा वा नयाँ नियन्त्रण–विधि लेखिनु पर्छ । कलम २ देखि ५ सम्म अनुगमन प्रक्रिया बारे उल्लेख गरिन्छ । कलम ६ मा सामान्य अवस्थाका सीमा भन्नाले त्यस्तो विश्ोष अवस्था हो जसले थप सुधार कार्य वा मर्मत÷संभार कार्यको आवश्यकता छ/छैन भन्ने कुरालाई इंगित गर्दछ । यस्तो सीमा नाघेमा के गर्ने भन्ने कुरा कलम ७ मा लेख्ने गरिन्छ ।
चरण ६ (ख): आवधिक अनुगमन
नियन्त्रण–विधिहरु ठीक अवस्थामा छन् र तिनले आफ्नो कार्य सुचारु गरिरहेका छन् भन्ने कुरा सुनिश्चित गर्न आवधिक अनुगमन गर्नु पर्छ । सबै नियन्त्रण–विधिहरुको नियमित अनुगमन गरिनु पर्छ । यो कार्य सेवा प्रदायक संस्थाको कर्मचारीको दैनिक गरिने कार्यसंग आवद्ध हुनु पर्छ र त्यस्तो अभिलेख अलग्गै राखिनु पर्छ । अनुगमन कार्यको अभिलेखको नमुना फाराम ६(ख) मा देखाइएको छ ।
चरण ७ः खानेपानी सुरक्षा योजनाको प्रमाणीकरण
खानेपानी प्रणालीले चाहे जस्तो वा मापदण्ड अनुसारको गुणस्तरयुक्त पानी वितरण गरिरहेको छ या छैन भनी लेखाजोखा वा मूल्याङ्कनका विधिहरू प्रयोग गर्नु नै प्रमाणीकरण गर्नु हो । यो चरणमा उल्लेखित प्रमाणीकरणले खानेपानी सुरक्षा योजना कार्यान्वयनको प्रभावकारिताको लेखाजोखा गर्ने कार्यलाई पनि वुझाउंछ । सामान्यतया केही उपकरणहरुको मद्दतले पानीको गुणस्तर परीक्षण गरेर प्रमाणीकरण कार्य गर्ने गरिन्छ । तर धेरै जसो ठाउँमा (साना ग्रामीण खानेपानी प्रणालीको सन्दर्भमा) यस्ता उपकरणहरु उपलब्ध नहुन सक्छन् ।
त्यस्तो बेलामा सामान्य अवलोकन मात्रले पनि काम पूरा हुन सक्छ । अवलोकन मार्फत् दैनिक गरिने संचालन–अनुगमन कार्य सही तवरले भइरहेको छ या छैन भनेर जान्न सकिन्छ । त्यस्तै गरी उपभोक्ताको सन्तुष्टि पहिचान गर्न गरिने सर्वेक्षणले पनि पानीको गुणस्तर ग्राह्य भएको नभएको जाँच्न सकिन्छ ।
चरण ७ (क) प्रमाणीकरण कार्यको योजना तर्जुमा
फाराम ७(क) प्रमाणीकरण कार्यको योजना–तर्जुमा संग सम्बन्धित छ । कहिले र कुन कुन पारामिति (पानीको गुणस्तरका) परीक्षण गर्ने भनी खानेपानी सुरक्षा योजना टोलीले यो फाराम तयार गर्दछ । यो फारामको कलम १ मा नमूना संकलन स्थान, कलम २ मा प्रमाणीकरण कार्य कहिले कहिले गर्ने (आवृत्ति), कलम ३ देखि ७ सम्म विभिन्न पारामितिहरुको परीक्षण आवृत्ति लेख्ने गरिन्छ । यहाँ उल्लेख भएका पारामितिहरु उदाहरण मात्रै हुन् । खानेपानी प्रणालीका आफ्नै स्रोत र संरचनाका विशिष्टताले गर्दा गुणस्तरका पारामितिको संख्या घटबढ हुन सक्छ ।
चरण ७ (ख) आवधिक प्रमाणीकरण
खानेपानी प्रणालीका अवयवहरु र विशेष गरी नियन्त्रण–विधिहरुको भौतिक निरीक्षण तथा अवलोकन र विभिन्न स्थानबाट नमूना संकलन गरी पानीको गुणस्तर परीक्षण गरेर पनि खानेपानी सुरक्षा योजनाले आफ्नो उद्देश्य प्राप्त गरे नगरेको लेखाजोखा गर्न सकिन्छ ।
खानेपानी सुरक्षा योजना टोलीद्वारा वा सेवा प्रदायक संस्थाका कर्मचारीद्वारा गरिने आवधिक प्रमाणीकरणलाई खानेपानी सुरक्षा योजनाको आन्तरिक अडिट” भन्न सकिन्छ । यस्तै काम वाह्य निकाय (विशेष गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस अन्तर्गतका निकायहरू) ले सम्पन्न गरे भने तिनलाई खानेपानी गुणस्तरको पर्यवेक्षण (Surveillance) वा “वाह्य अडिट” भन्न सकिन्छ ।
ग्रामीण खानेपानी प्रणालीको सन्दर्भमा, प्रमाणीकरणका लागि नियन्त्रण–विधिहरुको भौतिक निरीक्षण र वर्षायाममा र वर्षायाम पछि गरिने पानीको सूक्ष्म–जैविक परीक्षण कार्य पनि पर्याप्त हुन्छ । पानी परीक्षण को सुविधा नभएका स्थानमा नियन्त्रण–विधिहरुको भौतिक निरीक्षण र उपभोक्ताको सन्तुष्टि पहिचान गर्न गरिने सर्वेक्षणका नतीजाले पनि ठूलो सहयोग पुर्याउँछन् ।
सहरी तथा अर्ध सहरी खानेपानी प्रणालीको सन्दर्भमा भने सकेसम्म राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डमा उल्लेखित सबै पारामिति (परिशिष्ट ८) तथा सेवा क्षेत्र भित्र समस्यामूलक देखिएका थप पारामितिहरुको पनि परीक्षण गरिनु पर्छ ।
पानी परीक्षण उपलब्ध भएको प्रयोगशालाको क्षमताले भ्याएसम्म बारम्बार गरिनु उपायोगी हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायले खानेपानी सुरक्षा योजनाको प्रतिवेदनको लेखाजोखा गरेर, पानी परीक्षणका नतीजाहरुको छड्के जाँच गरेर वा आफैले नियन्त्रण–विधिहरुको भौतिक निरीक्षण र पानी परीक्षण गरेर खानेपानी गुणस्तरको पर्यवेक्षण गर्न सक्छन् ।
यहाँनेर सम्झिनु पर्ने कुरा के हो भने, खानेपानी प्रणालीमा पानी प्रशोधन केन्द्र पनि छन् भने त्यस्तो केन्द्रका हरेक इकाइ नियन्त्रण–विधि हुन् र तिनको स्पष्ट अभिलेख खानेपानी सुरक्षा योजनामा राखिएकै हुनु पर्छ । सुधारिएका वा नयाँ बनेका नियन्त्रण–विधिले जोखिम घटाउन मद्दत पु¥याएकै हुनु पर्छ अन्यथा तिनको कुनै औचित्य रहँदैन ।
मौजूदा नियन्त्रण–विधिका कार्यगत अवस्था को लेखाजोखा गर्ने क्रममा तिनमा सुधार गर्नु पर्ने वा पूर्ण रुपमा नयाँ नियन्त्रण–विधि अपनाउनु पर्ने भएमा सुधार कार्यको योजना तर्जुमा र तिनको कार्यान्वयन गर्नु पर्ने आवश्यकता देखिन आउँछ (चरण ५ हेर्नुहोस्)।
फाराम ३–४ को कलम ५ मा “छ” भनी लेखिएका हरफ संग सुधार कार्य योजनाको सम्बन्ध रहेको हुन्छ । मौजूदा नियन्त्रण–विधिले राम्रो काम (जोखिम घटाउने कार्य) गरिराखेको छ भन्ने ठहर भई कलम ५ मा “छैन” लेखिएको छ भने ती नियन्त्रण विधिको चरण ६ अनुसार अनुृगमन योजना बनाई अनुगमन गर्नुपर्ने छ ।
हामीले यो अंकमा खानेपानी सुरक्षा योजनाका ४ देखि ७ चरणको बारेमा चर्चा गर्यौं। भोलिको अंकमा खानेपानी सुरक्षा योजनाका ३ सहयोगी क्रियाकलापहरुका बिषयमा चर्चा गर्नेछौं । वास खबर हेर्दै गर्नुहोला।