जलवायु परिवर्तनको अनुसन्धानमा सोचाइ र बुझाई : स्नातक विद्यार्थीहरुका लागि मार्गदर्शन

  शिव श्रेष्ठ/वास खबर  169 पटक हेरिएको

काठमाडौ : विश्व पानी सप्ताहको अवसरमा ‘जलवायु परिवर्तनको अनुसन्धानमा सोचाइ र बुझाई : स्नातक विद्यार्थीहरुका लागि मार्गदर्शन’ बिषयक सेमिनार गरिएको छ।

जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानको सिंहावलोकन गर्ने, जलवायु परिबर्तनका लागि प्रयोग हुने अनुसन्धान बिधि र उपकरणहरुको परिचय दिने, जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानात्मक बिचारहरुलाई प्रोत्साहन गर्ने र ती प्रविधिहरूलाई जलवायुको अनुसन्धान पद्धति अझै प्रभावकारी बनाउने तथा स्नातक विद्यार्थीहरूलाई वैज्ञानिक अध्ययनमा मार्गदर्शन गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।

कार्यक्रमको सुरुवातमा ESORCE का कार्यकारी निर्देशक पदमाजा श्रेष्ठ प्रधानले सेमिनारको उद्देश्य र महत्वबारे जानकारी दिदै जलवायु परिवर्तन विश्वले सामना गरिरहेको सबैभन्दा गम्भीर चुनौतीपूर्ण बिषय भएको बताउनुभयो।


जलवायु परिवर्तनले कालान्तर सम्म वातावरण, अर्थतन्त्र तथा हाम्रो समाजमा परिरहने र बदलिदो मौसमको अवस्था, विश्वव्यापी तापक्रम वृद्धि, समुन्द्री सतह बढ्ने, जैविक विविधता नाश हुँदै जाने उहाँले बताउनुभयो ।

‘यी चुनौतीहरुलाई सम्बोधन गर्न जलवायु विज्ञान, नीतिगत व्यवस्था तथा अनुकुल रणनीतिलाई समष्टिगत रुपमा बुझ्न आवश्यक छ’ उहाँले भन्नुभयो ‘जलवायु परिबर्तनको असर निराकरण गर्न बिश्वब्यापी रुपमा नै अनुसन्धानकर्ताहरु लागिपरेका छन् । त्यसैले यसमा होस्टेमा हैसे गर्न युवाहरुलाई शसक्त बनाउनु आवश्यक छ।’

यो सेमिनार ‘Thinking and Understanding Research in climate change Issues: A Guide for Graduate Qmudents’ ले विद्यार्थीहरुलाई अनुसन्धान गर्न आवश्यक ज्ञान प्राप्त हुने र अध्ययन अनुसन्धानका लागि विद्यार्थीहरुमा चासो बढ्ने उहाँले बताउनुभयो।


सेमिनारमा The Small Earth Nepal का उपनिर्देशक सुचिता श्रेष्ठले जलवायु परिवर्तनमा अनुसन्धानको अन्तर विषय प्रकृतिको परिचय, केन्द्रीय जल तथा मौसम विज्ञान विभागका कुमार अर्यालहरुले त्रिभुवन विश्वविद्यालय, अनुसन्धान प्रश्नहरूको फ्रेमिङ र अनुसन्धान विधिहरूको परिचय र समीक्षा, जलवायु डेटा विश्लेषण र मोडलिङ र जलवायु परिवर्तन अनुसन्धानमा यसको प्रयोगको परिचय साथै हिमालयन फाउन्डेसनका डा. नानी मैया सुजखुले जलवायु परिवर्तन अनुसन्धानका लागि सामाजिक विज्ञान दृष्टिकोणको परिचय बिषयक प्रस्तुतीकरण गर्नुभयो।

जलवायु परिवर्तन अनुसन्धानका लागि कार्यक्रम प्रभावकारी : सहभागी

सेमिनारमा प्रस्तुतीकरण, प्रश्नोत्तर सत्र र अन्तक्र्रिया समावेश गरिएको थियो । जसले विद्यार्थीहरूलाई विज्ञहरूसँग प्रत्यक्ष छलफल गर्ने अवसर प्रदान गरेको थियो।


सहभागीहरूले सेमिनारलाई ज्ञानबर्धक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्। सेमिनारले स्नातक विद्यार्थीहरूलाई जलवायु परिवर्तन अनुसन्धानलाई प्रभावकारी रूपमा बुझ्ने, विश्लेषण गर्ने र अनुसन्धान गर्ने सीप प्रदान गरेको सहभागी विद्यार्थीहरुले बताए ।

विश्वभरि बढ्दो जल सुरक्षाको चुनौती, वातावरणीय स्थिरता र जलवायु अनुकूलन रणनीति सम्बन्धी अनुसन्धानलाई सशक्त बनाउने विषयमा छलफल केन्द्रित थियो।


गोल्डेन गेट कलेज र मुक्तिनाथ विकास बैकको सहयोग र द स्मल अर्थ नेपालको प्राविधिक सहयोगमा ESORCE ले आयोजना गरेको सेमिनारमा स्नातक तहका विद्यार्थीहरु, अनुसन्धानकर्ता र विज्ञहरू सहभागी हुनु भएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार