
बर्दिया : बर्दियाका दुई वटा विद्यालयलाई एकै दिन तीन तारा घोषणा गरिएको छ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनाको प्रमुख आतिथ्यता तथा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.को बिशेष आतिथ्यतामा श्री जनता परिक्षित नरसिंह आधारभूत विद्यालय र गुलरिया नगरपालिकाको नेपाल राष्ट्रिय शम्भुशरण मा.बि. खैरापुर नगर प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख सावित्रा गौतमको विशेष आतिथ्यतामा तीन तारा घोषणा गरिएको हो ।
श्री जनता परिक्षित नरसिंह आधारभूत विद्यालयलाई खानेपानी, सरसफाई तथा स्वच्छतामा तीन तारा घोषणा गर्दै मन्त्री तिमिल्सेनाले बालबालिकाको सिकााईको वातावरण सिर्जना गर्न तथा गुणस्तरीय शिक्षा प्रदान गर्न कार्यबिधिले तोकेको सुचकहरु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको र यस विद्यालयले गुणस्तरीय शिक्षमा फडको मारेको बताउनुभयो ।
स्थानीय सरकारको प्रभावकारी नेत्ृत्वदायी भूमिका र वाटर एड लगाायत साझेदार संस्थाहरुको महत्वपूर्ण योगदान रहेकोले धन्यवाद दिदै प्रदेश सरकार संघसंस्थाहरु सँग साझेदारी गर्न सदैव तयार रहेको उहाँले बताउनुभयो ।

यसै अवसरमा अन्य ५ विद्यलयहरुलाई समेत एक तारा र दुई तारा प्रमाण पत्र प्रदान गरिुएको छ । घोषणा कार्यक्रममा वाटर एड नेपालका परियोजना प्रबन्धक उमाशंकर यादवले् वाटर एड नेपालले सरकारको लक्ष्य प्राप्ति गर्न विद्यलयमा खानेपानी, सरसफाइ तथा स्वच्छता, महिनावारी स्वच्छताको अवस्थामा सुधार ल्याई विद्यालयका छात्र छात्रा तथा अपाङ्गता भएका वालबालिकाहरुको लागि विद्यालयमा सिकाईको वातावरण सिर्जना गरी गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यले स्थानीय सरकार सँगको साझेदारीमा र विद्यालयको समन्वयमा वास गेन्स परियोजना बर्दिया जिल्लाको ५ वटा स्थानीय तह अन्तर्गतका ३३ वटा विद्यालयहरुमा सञ्चालन गर्दै आईरहेको जानकारी गराउनुभयो।
उहाँले यस तीन तारा विद्यालय घोषणाले विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि तथा गेरुवा गाउँपालिकाका प्रमुख जमान सिंह के.सी.ले गाउँपालिकाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०८१ लाई कार्यान्वयन गरी पालिका भरिका सबै विद्यालयहरु क्रमशः तीन तारा घोषणा गर्दै लैजाने योजना रहेको जानकारी गराउनुभयो। घोषणा सँगै अन्य विद्यालयहरुको पनि खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थामा सुधार हुने र तीन तारा घोषणा अभियानमा उत्प्रेरणा प्रदान गरेको सामाजिक विकास समितिका संयोजक निर्मल चौधरीले बताउनुभयो।
गुलरिया नगरपालिकाको नेपाल राष्ट्रिय शम्भुशरण मा.बि. घोषणा कार्यक्रममा तीन तारा विद्यालय बनाउन कसरी सम्भव भयो भन्ने अनुभव सुनाउँदै विद्यालयका प्रधानाध्यापक सुनिल यादवले कार्यविधीद्धारा निर्देश गरे अनुसार विद्यालयका बालक्लव, किशोरी क्लव, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको साझा दायित्व र वाटर एडको सहयोयमा सञ्चालन भएको वासगेन्स परियोजनाले सहजीकरणमा योजनाबद्ध तरिकाले कार्यान्वयन गदै ती तारा विद्यालय बनाउन सफल भएको बताउनुभयो ।

घोषणा सभामा नगरपािलकाका यूवा, खेलकुद तथा शिक्षा शाखाका प्रमुख शतिस यादवले यो विद्यालय नगरपालिकाको पहिलो तीन तारा विद्यालय घोषणा भएकोमा हार्दिक बधाई दिदै यस घोषणाले अन्य विद्यालयहरुलाई पनि तीन तारा विद्यालय बनाउन उत्प्रेरण मिलेको र नगरपालिकाले तीन तारा विद्यालय बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो।
कार्यक्रमका बिशिष्ट अतिथि तथा नगर उपप्रमुख सावित्रा गौतमले तीन तारा विद्यालय घोषणाले विद्यालयमा सिकाईको वातावरण सिर्जना हुने पहुँचयुक्त वास सुविधा तथा स्वच्छता व्यवहार परिवर्तनले गर्दा शिक्षाको गुणस्तरमा सुधार हुने बताउनुभयो । उहाँले विद्यालयलाई तीन तारे विद्यालय बनाउनमा विद्यालयको अपनत्व र नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको र यसको दिगोपनाका लागि जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मुक्तिनाथ यादवले विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता र व्यवहार परिवर्तनमा उल्लेखनीय सुधार भएको बताउनुभयो । उहाँले विद्यालय तीन तारा घोषणाले विद्यालयको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुग्ने र नगरपालिकाको आफनै कार्यविधि भएकोले सबै विद्यालयहरुलाई तीन तारा बनाउन निर्देशन दिनुभयो । यसका लागि सहयोग गर्न नगरपलिका तयार छ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले वाटर एड नेपाल र साझेदार संस्थाहरुले नगरपालिकाका १० वटा मा.वि.मा वास गेन्स परियोजना मार्फत विद्यालयको खानेपानी, सरसफाइको अवस्था सुधार गर्न र शिक्षाको गुुणस्तर सुधारको लागि महत्वपर्ण योगदान रहेकोले सबै संघसंस्थाहरुलाई निरन्तर समन्वय, सहकार्य र साझेदारीको लागि नगरपालिका तयार रहेको तर्फ विशेष जोड दिनु भयो । कार्यक्रममा उत्कृष्ट योगदान पुर्याउने स्वयसेवक, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारी, बाल क्लवका पदाधिकारी, शिक्षक र संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल सुवेदीले गर्नु भएको थियो । नगरपालिकामा विद्यालयहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि युके एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्रको साझेदारीमा वास गेन्स परियोजना सञ्चालन भइरहेको छ ।


389 पटक हेरिएको 

