तरकारीको क्रेटमै यसरी गर्न सकिन्छ मल उत्पादन (भिडियो)

  वास खबर सम्बाददाता  223 पटक हेरिएको

काठमाडौ : जैविक फोहोरबाट मल बनाउन सकिन्छ भन्ने कुरा तपाई हामी सबैलाई थाहा भएकै हो। यत्ति थाहा हुँदाहुँदै व्यवहारमा भने कमैले मात्र अबलम्बन गर्ने गरेका छौं । मल बनाउनका आवश्यक स्रोत साधन र यसको तरिकाबारे पर्याप्त जानकारीको अभावमा जैविक फोहोरबाट मल बनाउन सकिने कुरा थाहा हुँदाहुँदै पनि प्रयोगमा ल्याएका हुँदैनौं ।

तर के मल बनाउनका लागि ठूलो ठाउँ र विभिन्न स्रोत साधन सम्पन्न हुनैपर्छ ? त्यसो होइन, यसका लागि न धेरै स्रोत साधनको आवश्यक पर्छ न त धेरै स्थान नै । सानै ठाउँलाई व्यवस्थित गरेर कुहिने फोहोरबाट मल बनाउन सकिन्छ ।

यसको पछिल्लो उदाहरण बनेको छ, ब्लु वेष्ट टु भ्यालु नामक कम्पनी । कम्पनीले तरकारीको क्रेटमै मल उत्पादन गरेर विक्री वितरण गरिरहेको छ। कम्पनीले उत्पादन गरेको मलको खुद्रा मूल्य प्रति किलो ५० रुपैयाँ तोकेको छ । कम्पनीले एक दुई किलो मात्र होइन, हालसम्म क्वीन्टलका क्वीन्टल मल उत्पादन गरिसकेको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार