गोदावरीको पूर्ण सरसफाइ अभियान दनुवार समुदायबाट शुरु

  शिव श्रेष्ठ/वास खबर  302 पटक हेरिएको


ललितपुर : गोदावरी नगरपालिकाको पूर्ण सरसफाइ अभियान दनुवार समुदायवाट कार्यान्वयन गरिने भएको छ । डुकछाप समुदायलाई पूर्ण सरसफाइयुक्त बनाउन गोदावरी नगरपालिकाले दनुवार समुदायवाट अभियान सुरुवात गर्न लागेको हो । यसका लागि डुकुछापका ५१ जना महिलाहरुलाई तालिम दिईएको छ ।

एकिकृत शहरी विकास केन्द्रको आयोजनामा गोदावरी नगरपालिका वडा नं. ८ स्थित डुकुछापको दनुवार समुदायका महिलाहरुलाई लक्षित गरी २ दिने पूर्ण सरसफाइ प्रवद्र्धनका लागि तालिम दिईएको परियोजना संयोजक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा सहभागी दनुवार समुदायका महिलाहरुले खानेपानी तथा सरसफाइको प्रभावलाई अन्तर मनदेखि मनन् गर्दै यस क्षेत्रका सुधार र विस्तारका लागि आफ्नो ज्ञान, सीप र बर्कतले भ्याए सम्म स्थानीय सरसकार, निजी क्षेत्र, समुदाय तथा दातृ निकायसँग समन्वय गर्दै सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने कार्यमा आजै देखि लागि पर्ने अठोट गरेका छन् ।


दनुवार समुदायको पूर्ण सरसफाइको प्रारम्भिक चरणमा समुदायलाई प्लाष्टिकमुक्त अभियानको थालनीवाट अन्य गतिविधि सञ्चालन गर्दै लाने सम्वन्धमा गोदावरी नगरपालिकाका जनप्रतिनिधि रुपा परियारले जानकारी दिनुभयो ।


राज्यले लिएको एक घर–एक धारा निर्माण गरिने निति अनुरुप एकिकृत शहरी विकास केन्द्रले वाटरएड नेपाल, गोदावरी नगरपालिका, डुकुछाप खानेपानी, सरसफाइ उपभोक्ता समितिको त्रि-पक्षिय सहकार्यमा ६६३ घरधुरीमा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन परियोजना कार्यान्वयन भैरहेको र खानेपानी योजनाका संरचनाहरु पनि धमाधम निर्माण कार्य भैरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार