काठमाडौ : समाजमा सपाङ्ग व्यक्तिहरु मात्र हुँदैनन् । कतिपय अपाङ्गता भएका व्यक्तिहरु पनि हुन्छन् । अपाङता व्यक्तिहरु मध्ये पनि फरक -फरक शारीरिक तथा बौद्धिक अपाङ्ता भएका व्यक्तिहरु पनि हुन्छन् । तिनै मध्येको एक हो, बौद्धिक अपाङ्गता भएको व्यक्ति ।
व्यक्तिको बौद्धिक क्षमता र दैनिक जीवनका कार्यहरू सम्पादन गर्ने सामर्थ्यमा हुने स्थायी सीमितता नै बौद्धिक अपाङ्गता हो। यसले व्यक्तिको सिकाइ, तर्क गर्ने, निर्णय लिने, संचार गर्ने र सामाजिक व्यवहार जस्ता क्षमताहरूलाई प्रभावित पार्दछ। यो अवस्था जन्मजात वा बाल्यकालमै देखा पर्न पनि सक्छ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशी बनाउन र उनीहरूको आत्मनिर्भरता बढाउन शिक्षाको पहुँच, सीप विकास, तथा सहयोगी वातावरण आवश्यक पर्छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले पनि उचित सहयोग र अवसर पाएमा समाजमा सार्थक योगदान गर्न सक्छन्। यसका लागि परिवार समाजको जागरूकता, स्वीकार्यता र विशेष अवसरहरू आवश्यक छ।
बौद्धिक अपाङ्गता भएको व्यक्तिहरुले खानेपानी र सरसफाइ सुविधा उपभोग गर्न पनि धेरै कठिनाई हुन्छ। उनीहरुकै कारण घरपरिवारका सदस्यहरुले पनि धेरै समस्याहरु झेलिरहेका हुन्छन् । हामीले बौद्धिक अपाङ्गता भएका व्यक्तिको अभिभावक मित्र पोख्रेलसँग कुराकानी गरेका छौं ।


301 पटक हेरिएको 

