खानेपानी ट्याङ्कीको पर्खाल भत्किँदा चार जना घाइते

  वास खबर सम्बादाता  343 पटक हेरिएको

नवलपुर : नवलपुरमा खानेपानी ट्याङ्की ढलान गर्ने क्रममा सोही ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा चार जना मजदुर घाइते भएका छन् ।

देवचुली नगरपालिका–६ मुण्डेमा धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर प्लान्ट ट्याङ्की ढलान गर्ने क्रममा ढुङ्गाको पर्खाल भत्किदा चार जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मध्यविन्दु नगरपालिका–१४ का २४ वर्षीय नविन सिंजाली, सोही ठाउँका २८ वर्षीय कुमार परियार, २४ वर्षीय ज्ञानेन्द्र बयाम्बू र ५० वर्षका कृष्णबहादुर बयाम्बु घाइते हुनुभएको हो ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको खबर गोरखापत्रमा छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार