
सुर्खेत : सुर्खेतको चिङ्गाड गाउँपालिका–३ लाई सफा र स्वच्छ (पूर्ण सरसफाइ उन्मुख ) वडा घोषणा गरिएको छ। स्वच्छता प्रवर्द्धनमा उल्लेखनिय उपलब्धि हासिल गर्दै प्रदेश सभा सदस्य कृष्णबहादुर जि।सीको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो।
कार्यक्रममा वडास्तरीय सरसफाइ समितिका सचिव एवं सोही वडामा कार्यरत हेल्थपोस्ट इन्चार्ज देवबहादुर नेपालीले हेल्भेटास नेपाल, चिङ्गाड गाउँपालिका तथा स्थानीय साझेदार स्याक नेपाल सुर्खेतको सहकार्यमा सञ्चालनमा आएका एकीकृत जल स्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत वडामा भएको कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत विवरणमा पालिकाले तोकेका पूर्ण सरसफाइका आधारभूत सूचकहरू पुरा भइसकेको र उक्त सूचकहरू पालिकाबाट अनुगमन तथा प्रमाणीकरण भइसकेको उल्लेख गरिएको थियो। सभाले सो प्रगति विवरण अनुमोदन गर्दै वडालाई औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको थियो ।

घोषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासनिक अधिकृत, वडाध्यक्षहरू, अन्य निर्वाचित जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक तथा विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, आम उपभोक्ता, हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डे तथा स्थानीय साझेदार संस्था समाज जागरण केन्द्र ९स्याक० नेपाल, सुर्खेतका बोर्ड सदस्य चुहान सिंह राना लगायत उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व वडाध्यक्ष तथा वडास्तरीय खानेपानी तथा सरसफाइ समन्वय समितिका संयोजक बीर बहादुर जि.सी. ले गर्नु भएको थियो।

प्रगति विवरण :
- √ कुल लाभान्वित घरधुरी: ५२५
- √ प्रत्येक घरमा फोहर व्यवस्थापनका लागि खाडल निर्माण: ५२५
- √ प्रत्येक घरमा ट्यापसहितको पानी सङ्कलन ड्रम: ५२५
- √ हरेक घरमा क्यान्डिल फिल्टर जडान गरी सुरक्षित पिउने पानीको व्यवस्था
- √ विद्यालयहरूमा सुरक्षित खानेपानीको सुनिश्चितता, फोहर व्यवस्थापन खाडल, बहुधारासहितको हात धुने स्थल निर्माण
- √ माध्यमिक विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि इनसिनेरेटरको निर्माण सम्पन्न
- √ वडाभित्र सञ्चालनमा रहेका संघ–संस्थाहरूको संख्या: १३
- √ हेल्भेटास नेपाल र गाउँपालिकाको सहकार्यमा सञ्चालित ४ वटा खानेपानी तथा सरसफाइ योजना अन्तर्गत १ घर १ धारा अभियानअनुसार २८५ घरधुरी समेटिएका, जसको लागत करिब २ करोड रुपैयाँ
- √ बाँकी घरधुरीहरूमा पनि सुरक्षित खानेपानीको पहुँच विकास भइसकेको
- थप फोटाहरु :

यस महत्वपूर्ण उपलब्धिमा सहजकर्ता संस्थाको तर्फबाट समाज जागरण केन्द्र (स्याक) नेपाल, सुर्खेतका सामूहिक सहजकर्ता दिपक बुढाको निरन्तर प्रयास र सहजीकरण पनि उल्लेखनीय रह्यो।
सफा र स्वच्छ समाज निर्माणमा समुदायको सक्रिय सहभागिता, स्थानीय तहको प्रतिबद्धता र सहकार्यकारी संस्थाहरूको समन्वयले यो सफलताको नयाँ अध्याय लेखिएको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले बताउनुभयो । उहाँले यो उपलब्धि सम्पूर्ण चिङ्गाड गाउँपालिकाको प्रेरणाको स्रोत बन्ने विश्वास समत व्यक्त गर्नुभयो।








612 पटक हेरिएको 

