काठमाडौ : नेपालका धेरै सहरहरूमा मलमूत्र निकासको लागि केन्द्रीय ढल प्रणाली छैन । धेरै जसो घरमा सेप्टिक ट्याङ्क प्रयोग गरिन्छ । तर ती नियमित रूपमा खाली गरिदैन। यसले वातावरणीय प्रदूषण, स्वास्थ्य सम्बन्धी जोखिम तथा जल स्रोतमा मानव मलमूत्र मिसिने खतरा बढाउँछ ।
त्यस्ता सहर र बस्तीहरू, जहाँ मेसिनद्वारा सक्शन गर्ने भ्याकुम ट्यांकर प्रवेश गर्न सक्दैनन वा न्यून आर्थिक क्षमता भएका कारण त्यस्ता सेवा लिन सक्दैनन् । त्यस्ता बर्गका लागि पनि सुरक्षित सरसफाइ सेवा प्रदान गर्ने हेतुले यसको विकास गरिएको हो । यसले सेवा पहुँच नपुगेका बस्तीहरूमा मलमूत्र व्यवस्थापनको वैकल्पिक उपायको रूपमा स्थान बनाउँदै जाने अपेक्षा गरिएको छ ।
यद्यपि प्रविधिको सफल कार्यान्वयन र दीगो परिणामका लागि गल्पर प्रविधिका बारेमा जान्न आवश्यक छ । सुरक्षित सरसफाइ प्रबद्र्धनमा गल्परले कसरी काम गर्न सक्छ ? हामीले यसै बिषयमा नेपाल इन्जिनियरिङ कलेज, रसायन शास्त्रका प्राध्यापक साबित्री त्रिपाठीसँग संवाद गरेका छौं ।
पारम्परिक रूपमा सेप्टिक ट्याङ्क सफा गर्नको लागि वैकल्पिक प्रविधि नभएको वा सीमित पहुँच भएकाले समस्या झन् जटिल बन्दै गएको छ । यस्ता समस्याको समाधान स्वरूप नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले नेपालमै पहिलो पटक गल्पर प्रविधिको प्रयोगको सुरुवात गरिएको हो ।
गल्पर एक सरल, पोर्टेबल म्यानुअल उपकरण हो, जसले सेप्टिक ट्याङ्क वा खाल्डे चर्पीबाट मलमूत्र तान्न वा खाली गर्न सहयोग पुर्याउँछ । यस उपकरणले कम लागतमा सेप्टिक ट्याङ् भित्रको मलमूत्र सजिलै तान्ने काम गर्दछ । हाल यसको निर्माण नेपाल इन्जिनियरिङ कलेजमै भैरहेको छ ।


507 पटक हेरिएको 

