मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम

  वास खबर सम्बाददाता  481 पटक हेरिएको


धादिङ : धादिङको धादिङबेसीमा मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ। पालिका तथा विकास साझेदारहरूका लागि मानव मलमूत्र व्यबस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ प्रणालीको बिषयमा प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

शान्ति नेपाल धादिङसँगको सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको तालिममा धादिङ जिल्लाको नीलकण्ठ र धुनीबेसी नगरपालिकाका साथै ज्वालामुखी, बेनीघाट, गजुरी गाउँपालिका तथा गोरखा जिल्लाको आरुघाट गाउँपालिकाबाट, साथै शान्ति नेपाल, फोकस नेपाल र कम्युनिटी ट्रान्सफरमेशन सोसाइटीका गरी २१ जनाको सहभागिता थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार