
कैलाली : कैलाली जिल्लामा सञ्चालित लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज २ निर्माण गर्न निर्माण व्यवसायीलाई कार्यादेश दिईएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका आयोजना प्रमुख अरुण कुमार कर्णले निर्माण व्यवसायी सुप्रिम जयमाता जेभीलाई सम्झौता अनुसारको काम समय अवधि भित्रै सक्न कार्यादेश दिनु भएको हो ।
सोमबार निर्माण व्यवसायी र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बीच ठेक्का सम्झौता भै सोमबार नै आयोजना कार्यालयले तोकिएको मिति भित्रै निर्माण सम्पन्न गर्न कार्यादेश दिईएको हो ।
मूल्य अभिवृद्धि कर सहित कुल २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा भएको ठेक्का सम्झौता अनुसार २०८५ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।


384 पटक हेरिएको 

