
काठमाडौ : सरकारले खानेपानी मन्त्रालय अन्तर्गतका निकायका लागि अधिकृत स्तरको ७६ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरुको लागि अधिकृत स्तरका ७६ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।
हेर्नुहोस् मन्त्रीपरिषद बैठकका अन्य निर्णयहरु :




892 पटक हेरिएको 

