हरिपुर खानेपानी व्यवस्थापन बोर्डमा विभिन्न नगरपालिकाको अध्ययन भ्रमण

  वास खबर सम्बाददाता  662 पटक हेरिएको


सर्लाही : सर्लाहीको हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको विभिन्न नगरपालिकाका प्रमुख तथा प्रतिनिधीहरुले अध्ययन भ्रमण गरेका छन् ।

सिराह जिल्लाको गोलबजार नगरपालिका, सप्तरी जिल्लाको सप्तकोशी र अग्सिाइर कृष्णसवरन गाउँपालिकाका पदाधिकारी, सबल नेपाल, माहुली सामुदायिक विकास केन्द्र र डब्लु.एच.एच.का कर्मचारीहरु सहितको टोलीले हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको अवलोकन भ्रमण गरेको हो।


अवलोकन भ्रमणको टोलीलाई बोर्डको संरचना, सञ्चालन तथा उपलब्धिहरूको बारेमा बागमती सेवा समाजका परियोजना संयोजक किशोर चन्द्र उपाध्यायले विस्तृत रुपमा जानकारी गराउनुभयो ।

बोर्ड स्थापना भएपछि खानेपानी वितरण प्रणालीमा आएको सुधार, महसुल संकलन तथा सञ्चालनका बिषयमा बोर्डका व्यवस्थापक मनिष कुमार भुजेलले जानकारी गराउनुभयो।


कार्यक्रममा अक्सफाम नेपालका प्राविधिक संयोजक ई.विजय थापाले खानेपानीको दिगो व्यवस्थापनका लागि बोर्ड मोडेलमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले सुरक्षित खानेपानीको पहुँच सबै नागरिकसम्म पुर्‍याउने हो भने हरेक नगरपालिकामा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड स्थापना हुनुपर्ने बताउनुभयो।

भ्रमण टोलीले बोर्डको प्रभावकारी काम गर्ने शैली, व्यवस्थापन प्रणाली तथा सरसफाइ सुधारका गतिविधि समेत प्रत्यक्ष अवलोकन गरेका थिए ।


कार्यक्रममा स्वागत गर्दै बोर्डका पदाधिकारीहरूले आफ्नो कार्य अनुभव सुनाएका थिए । भ्रमण टोलीका सदस्यहरुले हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले समुदायमा सुरक्षित खानेपानी र सरसफाइ सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

हरिपुर नगरपालिकाको हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड ऐन २०७९ बमोजिम बोर्ड स्थापना भएको हो ।

हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले हरिपुर नगरपालिका भित्र सञ्चालित पिडारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सानो जगतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र इन्द्रपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई बोर्ड मातहतमा ल्याईसकेको छ ।


अन्य दुईवटा खानेपानी उपभोक्ता समितिलाई समेत बोर्डमा समाहित गर्न अन्तिम तयारी भैरहेको बोर्डका संरक्षक एवं हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले बताउनुभयो ।

अक्सफाम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बागमती सेवा समाजले Alternative Management Model परियोजना सञ्चालन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार