
काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) द्वारा प्रकाशन हुँदै आएको समाचार पत्र City Sani Scope को नयाँ अंक प्रकाशित भएको छ । सुरक्षित र समावेशी सरसफाइका बिषयहरु प्रकाशन गर्दै आएको पत्रिकाको यो चौथो अंक हो ।
नयाँ अंकको अग्र भागमा सुरक्षित र समावेशी सरसफाइका लागि एकजुट होऔ शीर्षकको समाचार प्रकाशन गरिएको छ । यस भित्र नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (Scalling of Citywide Inclusive Sanitation Service System Programme) सञ्चालित सात वटा प्रदेशका सातै वटा नगरपालिकामा भएका सुरक्षित तथा समावेशी सरसफाइका पूर्वाधार र नीतिगत औजारहरुको अवस्थाको बिषयमा विश्लेषण गरिएको छ।
यस्तै सरसफाइ पूर्वाधारहरु खानेपानी तथा ढल व्यवस्थापन विभाग वा खानेपानी मन्त्रालय मातहतका निकायले मात्र निर्माण गर्ने नभई अन्य निकायले समेत निर्माण गरिरहेको हुँदा समन्वय र सहकार्य केवल नगरव्यापी समावेशी सरसफाइ एलायन्स वीच मात्र नभई अन्तर मन्त्रालय समन्वयको खाँचो रहेको उल्लेख छ ।
उक्त स्टोरीमा कैलालीको गोदावरी र धनगढी, झापाको मेचीनगर तथा कैलालीको टिकापुरमा एसियाली विकास बैंकको ऋण सहायतामा मानव मलमूत्र प्रशोधन केन्द्रहरु निर्माण भएको र स्रोत साधनको अधिकतम र प्रभावकारी प्रयोगका लागि मन्त्रालय–मन्त्रालय बीच पनि समन्वय र नक्साङ्कन अपरिहार्य रहेको उल्लेख छ ।
स्टोरीमा यसको प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि र तयारी तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिईएको छ । स्टोरीको एउटा अंशमा भनिएको छ किनकि अन्ततः यी प्रणालीहरू प्रभावकारी ढंगले सञ्चालन गर्नु स्थानीय तहकै जिम्मेवारी हुन्छ ।”
CWIS दृष्टिकोण मार्फत खानेपानी तथा सरसफाइ नियमावलीको समालोचना
समाचार पत्रमा नगरव्यापी समावेशी सरसफाइ (CWIS) दृष्टिकोण मार्फत खानेपानी तथा सरसफाइ नियमावली २०८१ लाई समालोचनात्मक समीक्षा गरिएको छ ।
नियमावलीले संघीय, प्रदेश र स्थानीय तहका स्पष्ट भूमिकाहरू निर्धारण गरेको उल्लेख छ । नियमावली बढी मात्रामा ढल जडित प्रणालीतर्फ झुकाव देखाएको पनि उल्लेख छ ।नेपालका करिब ८९ प्रतिशत जनसंख्या ढल रहित प्रणालीमा भर पर्ने हुँदा त्यस्तो प्रणालीलाई सम्बोधन गर्न केही महत्त्वपूर्ण पक्षहरू अझै अपूरा रहेको उल्लेख छ ।
समाचार पत्रमा विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफ (UNICEF) को संयुक्त अनुगमन कार्यक्रम (JMP) को रिपोर्टलाई उल्लेख गर्दै नेपालले २०३० सम्मको लक्ष्य पूरा गर्न खानेपानी पहुँचमा प्रगति तीन गुणा बढाउन र सरसफाइका लागि आठ गुणा तीव्र बनाउनु आवश्यक रहेको औल्याएको छ ।
अन्य समाचार शीर्षकहरु :
• Strengthening Sanitation Regulation Through a CWIS Lens
• Safe Sanitation Challenge: Urgent Acceleration Needed
• Capacity Building through Coordination
• Hetauda’s CWIS Assessment
• Nepal Sanitation Tour – Volume Four
• Bandicoot Robot in K-Town
• National WASH Policy Dialogue
• SSSP: Lakshmipur’s CWIS Approach
• CWIS ToT Refresher Training
• Parvat Manthan
• ADB Events
• NWSC Butwal Visit
• SPAN Mission
• CWISAN Member Organizations Honored
हेर्नुहोस् समाचारपत्रको पूर्ण अंश :
CWISAN City SaniScope Newsletter (V2.I4) - Final


288 पटक हेरिएको 

