
काठमाडौ : तपाई खानेपानी उपभोक्ता समितिको पदाधिकारी हुनुहुन्छ र खानेपानी महसुल निर्धारण गर्न प्रयासरत हुनुहुन्छ वा परम्परागत तरिकाले खानेपानी महसुल हिसाब किताब गर्दा विभिन्न समस्या सिर्जना भईरहेको छ भने तपाईको लागि यो एप अति उपयोगी हुनसक्छ ।
किनकि एपको प्रयोग गरी वैज्ञानिक तरिकाले खानेपानीको हिसाब किताब गर्ने एप सार्वजनिक भैसकेको छ । तपाईले गुगल प्लेस्टोरमा अन्य एप डाउनलोड गरे जस्तै Water Tariff calculation सर्च गरी डाउनलोड गर्न सक्नुहुन्छ ।
यो एप बिशेष ग्रामीण खानेपानी आयोजनाद्वको उपभोक्ता समितिलाई आफनो आयोजनाको खानेपानी महसुल गणना गरी महसुल निर्धारण गर्न सजिलो होस भन्ने उद्देश्यले तयार पारिएको एप निर्माणकर्ता तेज बहादुर बोहराले बताउनुभयो । खानेपानी र सरसफाइ क्षेत्रमा १५ बर्षको अनुभवले यस्तो आईडिया आएको उहाँले बताउनुभयो।
“यो एप बाट ग्राभिटी, लिफ्टिङ जुनसुकै आयोजनाको पानीको महसुल निर्धारण गर्न, हिसाब गर्न सकिन्छ र उक्त महसुल खानेपानी आयोजनाको सम्पूर्ण लागत उठाउन (Project recovery cost) को लागि अथवा आयोजनाको मर्मत खर्च, कार्यालय व्यवस्थापन खर्च, मर्मत सम्भार कार्यकर्ताको तलब, बैठक खर्च आदिको मात्र पनि हिसाब गर्न सकिन्छ”उहाँले भन्नुभयो।

खानेपानी आयोजनाको लागि महसुल निर्धारण तथा मर्मत संभार कोष संकलन गर्नका लागि विभिन्न माध्यम प्रयोग गर्ने गरेको र खानेपानी अयोजना निर्माण गर्न सहयोग गर्नेे निकायले पनि एक्सेल सिटमा हिसाब गर्न सिकाउने गरेको पाइएको उहाँले बताउनुभयो । “यो एप बाट उपभोक्ता सबैले आ-आफ्नो आयोजनाको आफैले हिसाब गर्न सक्नुहुन्छ” उहाँले भन्नुभयो।
यो एप प्रयोग गर्न सजिलो छ । साथै जूनसुकै व्यक्तिले पनि आ आफनो आयोजनाको तथ्यांक यो एपमा प्रविष्ट गरेर सजिलै हिसाब निकाल्न सकिन्छ । आ-आफ्नो आयोजनामा कति महसुल निर्धारण गर्नुपर्ने रहेछ त्यो पनि सजिलै जानकारी पाउन सकिने उहाँले बताउनुभयो।
यो एप लाई ३ भागमा विभाजन गरिएको छ
१. जानकारी : एप सम्बन्धी जानकारी पाउन
२. महसुल गणनाः महुसूल गणना गर्नको लागि
३. महसुल नतिजा : महसुल नतिजा सम्बन्धी जानकारी पाउन
यो एपमा निम्न बमोजिमको बिषय बस्तुहरू समावेश गरिएको छ ।
१. पानी महसुल निर्धारण प्रक्रिया
२. पानी महसुल निर्धारण गर्दा चाहिने तथ्यांकहरू जस्तैः
२.१) आयोजनाको पूँजीगत लागत
२.२) मर्मत सम्भार खर्च प्रतिशतमा (%)
२.३) बार्षिक वृद्धि दर प्रतिशतमा (%) (मुद्रा स्फ्रितिदर)
२.४) मर्मत सम्भार कार्यकर्ताको तलब
२.५) कार्यालय खर्च
२.६) बैठक खर्च
२.७) विद्युत खर्च
२.८) बिबिध खर्च
२.९) लाभान्वित घरधुरी
२.१०) लाभान्वित जनसंख्या
२.११) प्रति व्यक्ति पानीको माग (डिजाइन अनुसार)
२.१२) डिजाइन अवधि


732 पटक हेरिएको 

