खानेपानीजन्य रोगबाट बच्न खानेपानी विभागको अनुरोध

  वास खबर सम्बाददाता  879 पटक हेरिएको


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी, सरसफाइ तथा स्वच्छताको कमीले फैलिने सक्ने पानीजन्य रोगहरुबाट बच्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण देशको विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट सिर्जित आपतकालीन विपदजन्य अवस्थामा खानेपानीका स्रोतहरु प्रदुषित हुने सम्भावना रहेको र यसबाट झाडापखाला, हैजा, आउँ, टाइफाइड, जन्डिस जस्ता पानीजन्य रोगहरु फैलिने हुँदा यसबाट बच्न विभागले विभिन्न उपायहरु अबलम्बन गर्न अनुरोध गरेको हो ।

यस सम्बन्धी सचेतना फैलाउन खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरु वीरगञ्ज, जनकपुर, विराटनगर तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघलाई परिपत्र गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उप-महानिर्देशक ई.नारायण प्रसाद आचार्यले जानकारी गराउनुभयो ।

पानीजन्य रोगहरुबाट बच्न के गर्ने ?

१. पानीलाई राम्ररी उमालेर वा क्लोरिन झोल वा ट्याब्लेट प्रयोग गरी शुद्धीकरण गरेर मात्र पिउने गरौं।

२. बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाईमा थप सावधानी अपनाऔं।

३. खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, बालबच्चाको दिसा धोइसकेपछि, गाईवस्तु र पशुपंछीको सम्पर्कमा आइसकेपछि तथा खेतबारीमा काम गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धोऔं।

४. खानेपानी सेवा प्रदायकहरुबाट वितरित पानीमा गुणस्तर मापदण्ड बमोजिम क्लोरिन अवशेष प्रति लिटर पानीमा ०.५ मिलिग्राम न्यूनतम कायम हुने गरी वितरण गरौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार