बाढी प्रभावित १३४ घरधुरीमा पानी गुणस्तर परीक्षण र सरसफाइ जनचेतना कार्यक्रम

  वास खबर सम्बाददाता  336 पटक हेरिएको

सप्तरी : सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ, र स्वास्थ्य प्रबर्द्वनका कार्यक्रमहरू सञ्चालन गरिएको छ। बाढी प्रभावित क्षेत्रका समुदायहरूमा खानेपानी सुरक्षा र सरसफाइ प्रबर्द्वन गर्न लक्षित कार्यक्रम अन्तर्गत १३४ घरधुरीको चापाकलको पानी गुणस्तर परीक्षण गरिएको हो।

बाढीपछिको सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले बाढी प्रभावित क्षेत्रका घर–घर गई पानीको नमुना संकलन गरी परीक्षण गरिएको हो। परीक्षणको नतिजा अनुसार आवश्यक क्लोरिनेसन र सुधारात्मक कदमहरू चालिने महुली सामुदायिक बिकाश केन्द्रको सप्तकोशी पालिका कार्यक्रम संयोजक राजु अधिकारीले जानकारी दिनुभयो।

वेल्टहंगर हिल्फेको सहकार्यमा महुली सामुदायिक विकास केन्द्र, सप्तरी द्वारा संचालित “Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal” परियोजना अन्तर्गत स्थानीय बासिन्दालाई सरसफाइ व्यवहार, सुरक्षित पानी भण्डारण र प्रयोग तथा पानीजन्य रोगबाट बच्ने उपायहरूबारे जनचेतना कार्यक्रम समेत सञ्चालन गरिएको छ ।


सप्तकोशी नगरपालिका प्रमुख कृष्ण ढकालले सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिदै समयमै गरिएका यी कदमहरूले बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस अभियानले समुदायमा सरसफाइ तथा सुरक्षित खानेपानी प्रयोग प्रति व्यवहारिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, महुली सामुदायिक विकास केन्द्का प्रतिनिधि, पालिका संयोजक प्रमिला चौधरी, जिबछ प्रसाद साफी, वाश मेंटर सिता लामिछाने, इन्द्रकला चौधरी र स्थानीय श्रोत व्यक्ति एलिना चौधरी तथा समुदायका अगुवाहरूले सक्रिय रुपमा सञ्चालन गरिरहेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार