
काठमाडौं : काठमाडौंमा प्रभावकारी वाश तालिम सिर्जना “Creating Effective WASH Training” सम्बन्धी पाँच दिने कार्यशाला भैरहेको छ।
तालिमका सहभागीहरूलाई प्रशिक्षणका विभिन्न सिद्धान्त प्रयोग गरी सहभागितामूलक विधिबाट खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी प्रभावकारी वासका तालिम प्याकेजहरू सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले Centre for Affordable Water and Sanitation Technology (CAWST) सँगको सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले कार्यशाला आयोजना गरेको हो ।
प्रशिक्षण सिद्धान्त र संरचित तालिम चक्रको प्रयोग मार्फत वाश सम्बन्धी तालिम प्याकेज डिजाइन र विकास गर्ने क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको तालिम प्रशिक्षक शोभा राना मगरले जानकारी गराउनुभयो।
उहाँका अनुसार यस प्रक्रियाबाट सहभागीहरूले एक विस्तृत वाश तालिम पुस्तिका तयार गर्न सक्नेछन् । जसले नेपालभर वाश सम्बन्धी ज्ञान र व्यवहार सुधारमा टेवा पुर्याउनेछ ।
कार्यशालामा गाउँपालिका, विकास साझेदार, निजी क्षेत्र र शैक्षिक संस्थाका गरी १९ जनाको सहभागिता रहेको छ। अक्टोबर १३ देखि १७ तारिखसम्म सञ्चालन हुने कार्यशालामा सहभागीहरूले सिकाइका विभिन्न अभ्यास, समूहगत कार्य तथा व्यवहारिक सत्र मार्फत प्रभावकारी वासका तालिम प्याकेजहरू निर्माण गर्ने विधिहरु हासिल गरिरहेका छन्।



399 पटक हेरिएको 

