सिविसानको अनुरोध: ‘छठ पर्व र सरसफाइको सम्बन्धलाई सम्मान गरौँ’

  वास खबर संवाददाता  218 पटक हेरिएको

काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWIS Alliance Nepal) ले छठ पर्व मनाउँदा संस्कृति र सरसफाइ बीचको सम्बन्धलाई सम्मान गर्न अनुरोध गरेको छ । छठ पर्व २०८२ को शुभकामना व्यक्त गर्दै एलायन्सले भनेको छ ‘जब हामी जलाशयहरूमा छठ पर्वको उल्लास मनाइरहेका छौँ, संस्कृति र सरसफाइ बीचको सम्बन्धलाई सम्मान गरौँ।’

स्वच्छ पानी र सुरक्षित सरसफाइ सुविधा समावेशी पर्वका लागि अत्यावश्यक रहेको जनाउँदै एलायन्सले स्वास्थ्य, वातावरण र मर्यादाको संरक्षण गर्ने दिगो सरसफाइ प्रणाली प्रति निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

नगरव्यापी समावेशी सरसफाइ एलायन्स सुरक्षित र समावेशी सरसफाइको क्षेत्रमा सहकार्य गर्ने निकाय हो, जसमा शैक्षिक संस्था, द्धिपक्षीय संगठन, नागरिक समाज, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मिडिया, निजी कम्पनी र संयुक्त राष्ट्रसंघका एजेन्सीहरु सहित २२ वटा संस्थाहरु सदस्य छन् ।

नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल डिसेम्बर २०२१ मा गठन भएको हो । यसको सचिवालयको रुपमा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) नेपालले समन्वयकारी भूमिका निर्वाह गर्दै आईरहेको छ ।

UN-Habitat ले नेपाल सरकार र साझेदारहरु बीच समन्वयको भूमिका निर्वाह गर्दै आईरहेको छ। जसले सबै सरकारी तहहरुमा नगरव्यापी समावेशी सरसफाइ (MWIS) कार्यदिशाको पैरवी मार्फत सुरक्षित समावेशी सरसफाइ सेवाहरुको लागि सामूहिक आवाज उठाई रहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार