साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न

  वास खबर सम्बाददाता  286 पटक हेरिएको

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका–९, चौरासे स्थित साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उपभोक्ता संस्थाका अध्यक्ष हरि प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन नीति तथा कार्यक्रम लेखा समितिको आन्तरिक लेखा परिक्षण प्रतिवेदन, खानेपानी सुरक्षा उपसमितिले प्रस्तुत गरेको सुरक्षा योजना प्रतिवेदन तथा भावी कार्यक्रम स्वीकृत गर्दै साधारण सभा सम्पन्न भएको संस्थाका कार्यालय प्रमुख हरि प्रसाद चालिसेले जानकारी दिनुभयो।


कार्यालय प्रमुख चालिसेका अनुसार आगामी दिनमा साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निम्न कामहरु सञ्चालन गर्ने भएको छ ।

√  पानी परिक्षण बाट देखिएका समस्याहरु तत्काल समाधान गर्ने

√  खानेपानी सुरक्षा उपसमितिलाई थप क्रियाशील बनाउने ।

√  सरकारी तथा गैह्रसरकारी संस्थाहरु सँग समन्वय गरी आवश्यक ठाउँमा मर्मत सम्भार गर्ने ।

√  कार्यालय भवन निर्माण गरी आप्mनै भवन बाट सेवा सन्चालन गर्ने ।

√  उपभोक्ताहरुलाई मापदण्ड अनुसारको स्वच्छ, सुरक्षित र गुणस्तरिय पानी उपलब्ध गराउन गराउने ।

√  खानेपानी संस्थालाई देशकै नमुना गुणस्तरिय खानेपानी सेवा उपलब्ध गराउने संस्था बनाउने ।

√  पानी परिक्षण प्रयोगशालालाई थप प्रभावकारी रुपमा सन्चालन गर्ने र नियमित पानी परिक्षण व्यवस्थालाई निरन्तरता दिने ।

√  खानेपानीका शाखा लाइनहरुको स्तरोन्नति गर्ने ।

√  जुगेखोला तथा बेतेनी खानेपानी योजनाहरु अगाडि बढाउन विशेष पहल गर्ने ।

√  उपभोक्ताहरुका धारा थप व्यवस्थित गरिने ।

√  मिटर भन्दा अगाडिवाट पाइप निकाली चोरी गर्ने उपभोक्ताहरु लाई कारवाही गरिने ।

√  मासिक शुल्क नियमित नबुझाउने विलम्ब गरी नतिरेका उपभोक्ताहरुको धारा वन्द गर्ने ।

√  सरकारी तथा गैह्र सरकारी निकाय सँग समन्वय गरी सामुदायिक सरसफाइ सम्बन्धी चेतनामूलक कार्यहरु संचालन गर्ने ।

√  सम्पूर्ण उपभोक्ताहरुलाई धारा वितरण गर्ने ।

√  जीर्ण भएका विभिन्न गेटभल्भहरु परिवर्तन गर्ने ।

√  उपभोक्ता सचेतना, प्रविधिको प्रयोग सम्बन्धी व्यापक रुपमा तालिम गोष्ठी संचालन गर्ने ।

√  एक घर एक धारा पूर्ण भएको वडा घोषणा कार्यक्रम अगाडि बढाइने ।

√  राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्कृष्ट खानेपानी संस्थाहरुसँग भगिनी सम्बन्ध कायम गरिने ।

√  सुशासन सुधार, प्रणाली सुधार, कोष व्यवस्थापन, एन वास अपडेट, सूचना विस्तार, विभिन्न कार्यविधि तयार गर्ने रणनीति लागु गरिने ।

साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दैनिक ७४ घन मिटर ट्याङ्की र ५ वटा शाखा लाइनबाट २ सय ७८ धारामा खानेपानी वितरण गरिरहेको छ ।

उपभोक्ता संस्थाका अध्यक्ष हरि प्रसाद अधिकारीको अध्यक्षता तथा लेकबेसी नगरपालिकाका उपप्रमुख बिमला खड्काको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार