ढल व्यवस्थापन कार्यालय नेपालगन्जद्वारा सरोकारवालासँग अन्तरक्रिया

  वास खबर सम्बाददाता  190 पटक हेरिएको


दाङ : खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जले दाङको घोराही उपमहानगरपालिकाको १३ नम्बर वडा कार्यालय र खानेपानी उपभोक्ता संस्थासँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र सरोकारवाला बीच समन्वयात्मक भावना आदानप्रदान र एक अर्काबीच हुन सक्ने सम्भावित सहकार्यका अवसरहरु पहिचान गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जका प्रमुख देवेन्द्र कुमार झाले जानकारी दिनुभयो।

उपमहानगरपालिकाको वडा नं. १३ का कार्यवाहक अध्यक्ष राम कुली घर्ती मगरको अध्यक्षता तथा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख देवेन्द्र कुमार झा को प्रमुख आतिथ्यमा भएको अन्तरक्रियात्मक कार्यक्रममा साबिकको घोराही नगरपालिकाको वडा नं. ७,८ र ९ तथा हालको १३ र १६ मा रहेको बन गाउँ क्षेत्र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गर्दै आएको कामहरुको बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो।

सरोकारवालासँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख झाले असल नेतृत्व बन्न सक्ने माध्यम र नेतृत्वकर्तामा हुनुपर्ने गुणहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । “नेतृत्व दुई आयामबाट असल बन्न सक्म्छ । पहिलो चरित्र र दोस्रो क्षमता”


उहाँले भन्नुभयो “चरित्रमा इमान, निष्ठा, नैतिकता, अनुशासन, परिपक्वता, उदारता, दयाभाव, समभाव, सेवाभाव, नम्रता, सत्यता जस्ता गुणहरु प्रतिबिम्बित हुनुपर्दछ ।”

साथै उहाँले एक कुसल नेतृत्वकर्तामा नेतृत्व क्षमतामा कल्पनाशील, दुरदर्शी, प्रबर्तक, सिर्जनशील, परिश्रमी, प्रविधि साक्षर, दृढ, निर्णायक, उर्जावान, लगातार खट्न सक्ने, अरुलाई सुन्ने, अप्ठ्यारो परिस्थिति सम्हाल्न सक्ने, आत्मविश्वासी, जिम्मेवार, उत्तरदायी कार्यकौशलता भएको जस्ता गुणहरु हुनुपर्ने उल्लेख गर्नुभयो।

अन्तरक्रियात्मक कार्यक्रममा घोराही उपमहानगरपालिकाको वडा नं. १३ का कार्यवाहक अध्यक्ष सहित वडा सदस्यहरु र बन गाउँ क्षेत्र  खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार