थाइल्याण्डमा जारी पानी सम्मेलन २०२५ नेपालका लागि किन महत्वपूर्ण छ ?

  वास खबर समाचारदाता  306 पटक हेरिएको
🔗
22
Shares

थाईल्याण्डको बैंककमा भैरहेको पानी तथा विकास सम्मेलन र प्रदर्शनी २०२५ –Water & Development Congress & Exhibition (WDCE) विश्वकै सबैभन्दा ठूलो पानी तथा सरसफाइ सम्मेलन मध्येको एक हो।

नेपालले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सामना गर्दै आएका चुनौती, अवसर र विकासका लक्ष्यहरूसँग यसको सीधा सम्बन्ध छ।

नेपालको दृष्टिकोणबाट यसको १० प्रमुख महत्त्वपूर्ण पक्ष 

१. नेपालका पानी र सरसफाइ समस्यासँग प्रत्यक्ष सम्बन्ध

नेपालमा अझै पनि सुरक्षित पिउने पानीमा पहुँच सीमित छ, यस्तै फोहोरपानी व्यवस्थापन कमजोर छ भने वर्षाको अनियमितता, नदी प्रदूषण, सहरमा हाइड्रोलिक–इन्फ्रास्ट्रक्चर पुरानो छ । ग्रामीण क्षेत्रमा खानेपानी, सरसफाइ र स्वच्छता सेवा कमजोर छ । यस्तो अवस्थामा थाइल्याण्डमा जारी पानी सम्मेलन २०२५ ले यी सबै विषयहरूमा नवप्रवर्तन, अनुभवी समाधान, नीति तथा प्रविधि आदानप्रदान गर्न अन्तर्राष्ट्रिय प्लेटफर्म दिएको छ ।

२. विकासशील देशका लागि बनाइएका समाधानहरू नेपालमा लागू गर्न मिल्ने

यो सम्मेलन विशेष गरी विकासशील राष्ट्रहरुका लागि केन्द्रित छ। त्यसैले प्रस्तुत हुने समाधान, प्रविधि र व्यवस्थापन मोडेल पनि किफायती,स्थानीय अनुकूलन योग्य, संसाधन–सीमित क्षेत्रमा लागू गर्न मिल्ने हुन्छ। यसकारण यो नेपालका लागि अत्यन्त उपयुक्त हुन सक्छ ।

३. पानी, ढल, सरसफाइ क्षेत्रमा नयाँ प्रविधि प्राप्त गर्ने अवसर

सम्मेलनमा ५०+ देशका कम्पनीहरू पानी शुद्धीकरण, फोहोरपानी उपचार, विकेन्द्रीकृत सरसफाइ, स्मार्ट–वाटर प्रणाली, सिस्टमबाट खेर जाने पानी कम गर्ने प्रविधि जस्ता नवीन उपायहरु प्रदर्शन गर्छन्।

विशेष गरी काठमाडौं उपत्यका, ठूला सहरहरू, फोहोरपानी प्लान्टहरू ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाहरुका लागि नेपाललाई यी प्रविधि अत्यावश्यक छन् ।

४. खेर जाने पानीमा सुधार

नेपालका सहरहरूका लागि पानी खेर जाने मुख्य समस्या हो । नेपालका प्रायः सहरहरूमा ४०–७०% सम्म पानी नोक्सानी हुन्छ। सम्मेलनमा यो विषय प्रमुख छ। विश्वका सफल मोडेल (सिंगापुर, जापान, डेन्मार्क आदि) बाट सिकेर नेपालले ठूलो मात्रामा सुधार गर्न सक्छ।

५. जलवायु परिवर्तन अनुकूलताका समाधान नेपालमा अत्यावश्यक

नेपालमा बाढी, पहिरो, अति वर्षा, नदी सुक्खा अवधिमा घट्ने,भूमिगत पानीको दोहन, जस्ता समस्याहरू बढ्दै छन्। सम्मेलनमा जलवायु उत्थानशील खानेपानी तथा ढल प्रणाली विकासका सिद्धान्त तथा प्रविधिहरु समेत आदानप्रदान गरिएको छ ।

६. नदी तथा फोहोरपानी प्रदूषण नियन्त्रणको अनुभव पाउन सकिने

नेपालका नदीहरू (बागमती, विष्णुमती, सेती, नारायणी आदि) प्रदूषणले ग्रसित छन्। सम्मेलनमा नदी सुधारका मोडेल, समुदायमा आधारित सरसफाइ प्रणाली, सिमसार क्षेत्र निर्माण तथा फोहोरपानीबाट उर्जा प्रणाली जस्ता समाधानका उपायहरु सुझाएका छन् ।

७. नीति निर्माता र वास क्षेत्रमा काम गर्ने संस्थाहरूलाई लाभ

नेपालका संघ/प्रदेश/स्थानीय सरकार, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरू, वास परियोजना विश्लेषक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकाय, नगरपालिकाका प्राविधिक सबैले नीति अनुभव, सफल मोडेल र व्यावहारिक कार्यान्वयन विधि सिकेर कार्यान्वयनमा ल्याउन सक्छन्।

८.अन्तर्राष्ट्रिय साझेदारी बनाउन ठूलो अवसर

IWA मा हुने नेटवर्किङबाट नेपालले अन्तर्राष्ट्रिय सहयोग, संयुक्त अनुसन्धान, प्राविधिक सहकार्य, प्रशिक्षण तथा क्षमता विकास जस्ता अवसर पाउन सक्छ।

९.लगानी भित्र्याउने मौका

Exhibition मा विश्वका अग्रणी कम्पनी, बैंक तथा दातृ निकायहरुको सहभागिता छ । नेपालका खानेपानी तथा सरसफाइ आयोजनाहरु, शहरी फोहोरपानी प्रशोधन केन्द्रहरु, ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाहरु, स्मार्ट खानेपानी, प्रणालीहरु, जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ पूर्वाधारमा नयाँ लगानी आकर्षित गर्न सकिन्छ।

१०. नेपालका विद्यार्थी, अनुसन्धानकर्ता, इन्जिनियरहरूका लागि ज्ञान विस्तार

नेपालका विश्वविद्यालय, इन्जिनियर, जलविद्युत तथा वातावरण विशेषज्ञ, ध्ब्क्ज् क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि अनुसन्धानको प्रबृत्ति, नव प्रबर्तन, विज्ञानमा आधारित अध्ययन अनुसन्धानका प्राप्ति, व्यवसायिक तालिमहरु नजिकबाट पाउने ठूलो अवसर लिन सक्छन् ।

यसर्थ नेपालको चाहेको खण्डमा IWA WDCE २०२५ बाट निम्न कुराहरु गर्न सक्छन् ।

✔ पानी–सरसफाइ समस्याको समाधानमा प्रत्यक्ष उपयोगी
✔ किफायती र विकासशील देशका लागि उपयुक्त प्रविधि पाउन सकिने
✔ जलवायु उत्थानशील पानी व्यवस्थापन सिक्न अवसर
✔ नदी तथा वातावरण सुधारका अनुभव पाउन सकिने
✔ सरकारी नीतिमा सुधार गर्ने आधार
✔ अन्तर्राष्ट्रिय सहकार्य, लगानी र नेटवर्क निर्माण
✔ नेपालका इन्जिनियर र विशेषज्ञको क्षमता वृद्धि

पानी तथा विकास सम्मेलन र प्रदर्शनी २०२५ आज समापन हुँदैछ। ६० भन्दा बढी देशका १ हजार ५०० बढीको सहभागिता रहेको पानी तथा विकास सम्मेलन र प्रदर्शनीमा नेपालको तर्फबाट स्थानीय सरकारका प्रमुख तथा उप-प्रमुख, खानेपानी, सरसफाइ तथा स्वच्छता र विकास क्षेत्रका विज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता लगायत गरी  ४७ जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, अनुसन्धान संस्था, विश्वविद्यालय, निजी क्षेत्र तथा खानेपानी तथा सरसफाइ क्षेत्रका विज्ञहरुको सक्रिय सहभागिता रहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार