IWA 2025 मा दक्षिण एसियाली सहकार्यको नयाँ मार्गचित्र, CWISAN मोडेलको प्रशंसा

  वास खबर सम्बाददाता  331 पटक हेरिएको
🔗
25
Shares

काठमाडौः थाइल्याण्डको बैंककमा जारी Water & Development Congress and Exhibition 2025 अन्तर्गत को अन्तिम दिन आज “Come Together: The Challenges of an Alliance on Safe Sanitation” शीर्षकको एक महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ।

Citywide Inclusive Sanitation Alliance Nepal (CWISAN) द्वारा आयोजित र नेपाल नगरपालिका संघ (MuAN) द्वारा संयोजित कार्यशालामा नेपाल, बंगलादेश र भारतका सरसफाइ नेतृत्व र सम्बन्धित संस्थाहरू मार्फत दक्षिण एसियामा समावेशी तथा सुरक्षित सरसफाइ सहकार्यलाई कसरी दिगो बनाउने भन्ने विषयमा व्यापक विमर्श गरिएको थियो।

कार्यक्रममा नेपाल नगरपालिका संघ (MuAN) का महासचिव तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै जटिल शहरी सरसफाइका चुनौतीहरू समाधान गर्न नगरव्यापी समावेशी सरसफाइ एलायन्सले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

“CWISAN ले देखाएको छ कि सहकार्य नै प्रणालीगत परिवर्तनको मुख्य आधार हो। सबैका लागि समानता र मर्यादा सुनिश्चित गर्न यस्तो सहकार्य अपरिहार्य छ। नेपालका सबै नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ अवधारणा अघि बढाउन नेपाल नगरपालिका संघ प्रतिबद्ध छ” उहाँले भन्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकारका सचिव प्रमिला देवी शक्य बज्राचार्यले CWISAN ले समन्वयलाई तीव्र बनाउँदै स्थानीय आवाजलाई राष्ट्रिय रणनीतिमा जोड्न मद्दत पुर्‍याएको बताउनुभयो। उहाँले भन्नुभयो “CWISAN ले राष्ट्रिय तहमा समन्वय, नीति संवाद र नवप्रवर्तन विस्तारको आधार तयारी गरेको छ। यसले नेपाललाई क्षेत्रीय स्तरमा साझा सिकाइका लागि सक्षम साझेदारका रूपमा स्थापित गरेको छ।”

उहाँले नेपालले सन् २०१९ मा ODF घोषणा गर्दा देखि हालसम्मन गरव्यापी समावेशी सरसफाइ (CWIS) अवधारणा, मानव मलमूत्र व्यवस्थापन प्रणाली लगायतका रूपान्तरणकारी पहलले देशको सरसफाइमा महत्त्वपूर्ण परिवर्तन ल्याएको बताउनुभयो। उहाँको भनाइमा CWISAN सरकार, नगरपालिका, नागरिक समाज र विकास साझेदार बीच एक प्रभावकारी पूलको रुपमा काम गरेको छ।

कार्यक्रमको विशेष अतिथि गेट्स फाउन्डेशनका Deputy Director रोशन राज श्रेष्ठले राजनीतिक नेतृत्व सुदृढ गर्न र स्रोतको अधिकतम उपयोगका रणनीति पहिचान गर्न सरसफाइ एलायन्सहरु महत्वपूर्ण हुने बताउनुभयो। उहाँको भनाइमा दातृ निकायको सहयोग प्राप्न नहुँदा पनि यस्तो एलायन्सहरुलाई निरन्तर सक्रिय राख्नु सरसफाइ सुधारको दिगोपनका लागि अत्यन्त आवश्यक छ।”

कार्यशालामा बंगलादेशको ITN-BUET र भारतको Dasra का प्रतिनिधिहरूले नीति सुधार, वित्तीय संयन्त्र तथा क्षमता विकास मार्फत CWIS झनै मजबुत बनाउन सकिने उपायहरू प्रस्तुत गरे। छलफलहरू CWISAN का रणनीतिक क्षेत्र नीति तथा अनुगमन, वकालत, र क्षमता विकास सहित स्रोतको दिगोपन र फरक–फरक संस्थागत आदेशलाई एउटै लक्ष्यमा उन्मुख गराउने चुनौतीबारे केन्द्रित रहे।

स्थानीय सहभागिता सुनिश्चित गर्न काठमाडौंस्थित UN-Habitat Nepal Office मा CWISAN सदस्यहरूले लाइभ कार्यक्रममा सहभागी हुँदै ज्ञान आदानप्रदान र सहकार्यका सिद्धान्त प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमकै दौरानमा CWISAN का दुई नयाँ प्रकाशनको संयुक्त विमोचन पनि गरिएको थियो। 
१) Nepal’s Sanitation Journey – Towards Achieving SDG 6.2 Goals
२) Compendium of Best Practices in Nepal

प्रकाशनहरू कार्यक्रम अध्यक्ष, विशेष अतिथि डा. रोशन राज श्रेष्ठ, MuAN महासचिव मेयर नरुलाल चौधरी तथा अन्य विशिष्ट प्यानल सदस्यहरूले लोकार्पण गर्दै प्रमाण आधारित अभ्यास र साझेदार सिकाइको महत्त्वलाई जोड दिएका थिए।

सत्रको अन्त्यमा सहभागिहरूले SDG 6.2—२०३० सम्म सबैका लागि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ प्राप्तिका लागि क्षेत्रीय सञ्जाल विस्तार, स्रोत साझेदारी र साझा कार्ययोजना विकासका लागि एलायन्सहरु बीच थप सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

सोमबारदेखि थाईल्याण्डको बैंककमा जारी पानी तथा विकास सम्मेलन र प्रदर्शनी (Water & Development Congress & Exhibition) २०२५ आज सम्पन्न भएको छ।

खानेपानी तथा सरसफाइ (WASH) क्षेत्रमा विश्वव्यापी ज्ञान आदान–प्रदान गर्ने, विश्वभरका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माताहरू, विकास साझेदारहरू र संलग्न संस्थाहरूलाई एउटै प्लेटफर्ममा ल्याई नयाँ प्रविधि, अनुसन्धानका परिणाम, सिकाइहरू र व्यवहारिक अनुभवहरू आदानप्रदान गर्ने, विकासशील देशहरूको खानेपपानी तथा सरसफाइ प्रणालीलाई सुदृढ गर्ने र नेपाल, भारत, अफ्रिकाका देशहरू जस्ता विकासशील राष्ट्रमा खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली प्रणाली सुधारका लागि प्रभावकारी नीतिहरू, व्यावहारिक मोडलहरू,समाधानका नवीन उपायहरुका बिषयमा छलफल गर्ने लगायत उद्देश्यले अन्तर्राष्ट्रिय पानी संघ (International Water Association) ले खानेपानी तथा विकास सम्मेलन र प्रदर्शनी २०२५ आयोजना गरेको थियो।

६० भन्दा बढी देशका १ हजार ५०० बढीको सहभागिता रहेको पानी तथा विकास सम्मेलन र प्रदर्शनीमा नेपालको तर्फबाट स्थानीय सरकारका प्रमुख तथा उप-प्रमुख, खानेपानी, सरसफाइ तथा स्वच्छता र विकास क्षेत्रका विज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता लगायत गरी  ४७ जनाले सहभागिता जनाएका थिए।

फोटोहरु : UN-Habitat नेपाल कार्यालय


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार