खानेपानी तथा सरसफाइ सेवालाई प्रणालीमा आधारित बनाउने नवनियुक्त कार्यकारी निर्देशक चापागाईको प्रतिबद्धता

  वास खबर सम्बाददाता  413 पटक हेरिएको


काठमाडौ : काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ ब्यबस्थापन बोर्डका नव नियुक्त कार्यकारी निर्देशक ई. डा. डोलप्रसाद चापागाईले खानेपानी तथा सरसफाई सेवालाई सार्बजनिक अधिकारको रुपमा स्थापित गर्ने संस्थाहरुलाई व्यक्ति प्रधान नभई प्रणालीमा आधारित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै उहाँले संस्थागत सुधार, दिगो व्यवस्थापन तथा सेवाप्रवाह सुदृढीकरण तर्फ ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

खुल्ला प्रतिस्पर्धा मार्फत काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशक पदमा छनौट हुनु भएका चापागाईलाई कार्यकारी निर्देशकमा नियुक्तिका लागि २०८२ मंसिर ८ गते कार्यकारी समितिले निर्णय गरेको थियो ।

निर्णय भएको करिब एक महिनापछि कार्यकारी निर्देशकको जिम्मेवारी संहाल्दै भन्नुभएको छ ‘खानेपानी र सरसफाई ब्यबस्थालाई दिगो, समाबेशी र भविष्यप्रति उत्तरदायी बनाउने हाम्रो साझा दायित्व हो। पारदर्शिता, इमानदारिता र व्यवसायिकताको आधारमा काठमाडौँ उपत्यकाको खानेपानी तथा सरसफाई क्षेत्रलाई अझ सबल, दिगो र न्यायपूर्ण बनाउने मेरो निरन्तर प्रयास रहनेछ ।’

उहाँले यो नेतृत्व आफ्नो जागिर र पद मात्र नभई सेवाको जिम्मेवारी भएको बताउनुभयो ।‘परिवर्तन आकस्मिक हुन सक्दैन, निरन्तर साधना र प्रतिबद्धताको परिणाम हो । यो यात्रा एक्लै सम्भब छैन’ उहाँले भन्नुभएको छ ‘सबै सरोकारवालाहरूको बिश्वास, सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।’

कार्यकारी निर्देशक चापागाईले खानेपानी तथा सरसफाइ सेवाको दिगो विकास र समाधानको लागिसबै एउटा स्पष्ट भिजन सहित अगाडि बढ्नुको कुनै विकल्प नभएको बताउनु भएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार