क्रिकेट फर वास कार्यक्रमको उदघाटन

  वास खबर सम्बाददाता  543 पटक हेरिएको

जनकपुरधाम : क्रिकेट खेल अभ्यासको माध्यमबाट किशोरीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले आज मधेश प्रदेशमा क्रिकेट फर वास (#Cricket4WASH) कार्यक्रमको उदघाटन गरिएको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री वसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट केट संघ (CAN) का महासचिव तथा नेपाली क्रिकेटका पुर्व कप्तान पारस खड्काले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो ।

Welt Hunger Hilfe (WHH) र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत मर्यादित महिनावारी स्वास्थ्य, सामुदायिक र ब्यक्तिगत सरसफाइ सचेतना प्रवर्द्धनमा क्रिकेट खेलका माध्यमबाट किशोरीहरुको सहभागिता र सामाजिक सक्रियतालाई अनुकुल अवसर सिर्जना गर्ने उद्देश्यले तयार गरिएको #Cricket+WASH खेल मार्ग निर्देशिका पनि कार्यक्रममा लोकार्पण गरिएको छ ।

प्रदेश स्तरिय उदघाटन सँगै कर्जन्हा नगरपालिकाको वडा नं. ३ मा पनि मार्गनिर्देशन पुस्तिकाको आधारमा अभ्यास खेल प्रदर्शनी गरिएको थियो । कर्जन्हा नगरपालिकाका मेयर भोला पोख्रेलको अध्यक्षतामा संचालित समारोहमा पारस खड्काले संयुक्त खेल अभ्यास प्रदर्शनमा खेलाडी किशोरीहरु सँग क्रिकेट खेल र सरसफाई सचेतना सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठ, सचिव आयुष श्रेष्ठ सहित CAN का केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो। क्रिकेट खेलका माध्यमबाट मधेशका किशोरीहरुले सामाजिक सचेतना प्रवाहमा थालनी गरिएको अभियानले राष्ट्रिय क्रिकेट टोलीमा सक्षम खेलाडीहहरुको सम्भावना बृद्धि गर्न योगदान पुग्ने विश्वास रहेको कार्यक्रमका प्रमुख अतिथी खडकाले ब्यक्त गरेका छन ।

स्थानीय स्तरमै उपस्थित भएर युवा खेलाडीहहरुलाई उत्साह प्रदान गरेको प्रति सहभागी युवा खेलाडीहरु र किशोरीहरुले अन्तरक्रियाको क्रममा खुसी र उत्साह ब्यक्त गरेको सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाले ब्यक्त गर्नु भएको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्तकुमार कुशवहाले खानेपानी सरसफाई र स्वच्छता अभियानमा क्रिकेट खेलको माध्यमबाट युवा सहभागिता प्रवर्द्धन हुनु सन्देशमुलक र प्रभावकारी रहेको बताउदै आगामी दिनमा चाडै नै मधेश प्रिमियर लिगको आयोजना गर्ने तयारी भैरहेको बताउनु भएको छ ।

थप फोटाहरु:

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार